देवदह । देवदह नगरपालिकामा रहेका विद्यालयको आधारभूत तह कक्षा ५ र ८ को परिक्षा आइतवारबाट सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परिक्षाको पहिलो दिन कक्षा ८ तर्फ एक हजार ४७३ जना विद्यार्थी सहभागि भएका छन् । ३१ वटा विद्यालयका ७४४ छात्रा र ७४२ छात्रगरि जम्मा एक हजार ४८६ जना विद्यार्थी सहभागि हुनुपर्नेमा १३ जना विद्यार्थी परिक्षर्थी परिक्षामा अनुपस्थित रहेको केन्द्राध्यक्षहरुले सेतोमसीलाई जानकारी दिए ।
आइतवारको परिक्षामा बुद्ध पब्लिक इङ्गलिस बोर्डिङ्ग स्कुल र प्रगति मावि परिक्षा केन्द्रमा मा सवै विद्यार्थी उपस्थित रहेको केन्द्राध्यक्ष कृष्ण गैरेले जानकारी दिए । यसैगरी भविष्य निर्माण मावि केन्द्रमा सहभागि परिक्षार्थी मध्ये प्रगति माविका एक जना छात्र अनुपस्थित भएको केन्द्राध्यक्ष गोविन्द प्रसाद भुषालले जानकारी दिए । त्यस्तै युगज्योति मावि परिक्षा केन्द्रमा केरवानी मावि का १ जना छात्र र १ जना छात्रा गरि २ जना अनुपस्थित रहेको केन्द्राध्यक्ष यमलाल अर्यालले बताए ।
त्यसैगरी न्यू नमुना इङ्गलिस बोर्डिङ्ग स्कुल परिक्षा केन्द्रमा आइतवार पहिलो दिन ६ जना अनुपस्थित रहेका छन् । जसमा ज्ञान ज्योति माविका ३ जना छात्र, कोलिय ईङ्गलिस बोर्डिङ्ग स्कुलका १ जना छात्रा, कामधेनु संस्कृत गुरुकुलम्बाट एकजना छात्र र मदरल्याण्ड इङ्गलिस बोर्डिङ्ग स्कुलबाट एक जना छात्र अनुपस्थित रहेको केन्द्राध्यक्ष चुराबाहादुर थापाले जानकारी दिए । यता केरवानी मावि केन्द्रमा ४ जना अनुपस्थित रहेका छन् । जसमा जनता मावि बाट एक जना र महामाया भवानी माविका ३ जना रहेको देवदह नगरपालिकाका प्रविण गौंडेलले जानकारी दिए ।
परिक्षामा अनुपस्थित भएकाहरुको तथ्याङ्क संकलन गरिने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । ‘विद्यार्थीहरु के कति कारणले अनुपस्थित भएका हुन् विद्यालयहरुसंग को सहकार्यमा त्यसको कारण पत्ता लगाईने छ ।’ शिक्षा शाखाका अधिकृत पर्शुराम ढकालले भने, ‘चित्त बुझ्दो कारण भए पुन्ह परिक्षा दिने व्यवस्था मिलाईनेछ ।’
आइतवार नै कक्षा ५ तर्फ छात्रा ६८५ जना र छात्र ७९५ गरि ४२ वटा विद्यालयबाट कुल एक हजार ४८० जना विद्यार्थी सहभागि भएको विद्यालयहरुले जनाएका छन् । कक्षा ५ को परिक्षा सवै विद्यालयहरुमा एकैसाथ भएको छ । देवदहमा कुल ४३ वटा शैक्षिक संस्था रहेपनि कक्षा ६,७ र ८ सञ्चालन गरेको कामधेनु सँस्कृत गुरुकुल देवदह १० ले कक्षा ५ को परिक्षामा सहभागिता जनाएको छैन ।
नेपालको संविधानले विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहमा हुने व्यवस्था गरेको छ । सोहि बमोजिम स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ को उपदफा २(ज) मा आधारभूत तहको परीक्षा व्यवस्थापन र सञ्चालनको दायित्व स्थानीय तहको हुने व्यवस्था उल्लेखित छ । देवदह नगरपालिकाको नगर शिक्षा ऐनमा आधारभूत तह (कक्षा ८) को परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति व्यवस्था गरिएको छ । सोहि बमोजिम नगरपालिकाले आधारभूत तहको परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २)७४ जारी गरी विगत देखि नै कक्षा ८ को परीक्षा सञ्चालन गर्दै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology