देवदह । आधारभुत तह अन्तर्गत कक्षा ८ को परिक्षामा देवदह नगरपालिकाबाट ६६.०४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । गएराति अबेर प्रकाशित नतिजा अनुसार परिक्षामा कुल एक हजार चार सय ७४ विद्यार्थी सहभागि भएकोमा नौ सय ५८ विद्यार्थी उत्तिर्ण भएको देवदह नगरपालिकाका नगर शिक्षा अधिकृत पर्श्रम ढकालले जानकारी दिए ।
देवदहका कुल ३१ विद्यालयले सहभागिता जनाएको परिक्षामा ४ जना विद्यार्थीले ४ जि पि ए प्राप्त गरेका छन् । जसमा देवदह माविका निष्मा सुनार, महामाया भवानी माविका सुसन भण्डारी, ग्रीनप्लान्ट ईङ्लिस बोर्डिङ स्कुलका अंकित अर्याल र न्यू लु्म्बिनी ईङ्लिस बोर्डिङ स्कुलका कुशुम रेश्मी रहेका छन् ।
प्रकाशित नतिजा अनुसार देवदहको लुम्विनी ईङ्लिस बोर्डिङ स्कुल र कामधेनु संस्कृत गुरुकुलम्ले सत प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएका छन् । गतवर्ष समेत आधारभुत तह परिक्षा अन्तर्गत कक्षा ८ को परिक्षामा सत प्रतिशत विद्यार्थी उत्तिण गराएको लुम्बिनीबाट २६ जना र यसैबर्षबाट सहभागि भएको गुरुकुलम्बाट ६ जना विद्यार्थी परिक्षामा सहभागि थिए ।

आधारभुत तह परिक्षामा गतबर्ष एक हजार ६८१ जना विद्यार्थी परिक्षामा सहभागि भएर ४४.५५ प्रतिशत उत्तिर्ण भएका थिए । यस्तै २०७९ सालको परिक्षामा जम्मा एक हजार ३०४ जना विद्यार्थी परिक्षामा सम्मिलित भई ३७.३७ प्रतिशत उत्तिर्ण भएका थिए । यसबर्ष उत्तिर्ण प्रतिशतमा निकै सुधार देखिएको छ । विगत ३ बर्ष यता शिक्षा सुधारका लागि विभिन्न प्रयासहरु भएको र नगरले यो नतिजालाई अझै सुधार गर्दै जाने नगर शिक्षा अधिकृत ढकालले बताए ।
‘हामीले विगतका बर्षबाट कमजोर विद्यार्थीलाई अनुत्तिर्ण गराउने समेत व्यवस्था गरेका छौं । जसले नतिजा सुधारको लागि विद्यालयहरुलाई समेत दवाव श्रीजना भएको छ ।’ उनले भने, ‘हामी यतिमै सन्तुष्ट हुने अवसथामा भने छैनौं, यसलाई आगामी बर्षहरुमा थप सुधार गर्दै लैजानुपर्नेछ ।’
नगर परिक्षा समितिले अधिकतम तीन वटासम्म विषयमा अनुत्तिर्ण विद्यार्थीले ग्रेड वृद्धिको लागि मौका परिक्षा दिन पाउने व्यवस्था गरेको छ । जसको लागि परिक्षा समितिले चैत २५, २६ र २७ गतेको मिति तय गरेको जनाएको छ ।
यसैगरि प्रकाशित नतिजामा चित्त नबुझे विद्यर्थीले तोकिएको राजश्व बुझाई पुनर्योग गराउन सक्नेछन् । सो कार्यका लागि विद्यालयको सिफारिस सहित चैत्र १९ गतेसम्म विद्यार्थीले देवदह नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन दिनुपर्नेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology