सुर्खेत । गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र आउँछ भन्ने भ्रमबाट नहौसिन चेतावनी दिएका छन् । आइतवार बिहान सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले नहौसिन चेतावनी दिएका हुन् ।
‘केही मानिसहरूले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन् । त्यो भ्रमले पूर्वराजा हौसिन आवश्यक छैन ।’, गृहमन्त्री लेखकले भने, ‘जनताले आन्दोलन र क्रान्तिबाट फालिसकेको राजालाई पुनः फर्काउँछन् भन्ने भ्रम कसैले नपाले हुन्छ ।’
उनले आन्दोलन र क्रान्तिबाट फालिएका राजसंस्थाका राजाहरू उसै देशमा स्वतन्त्रतापूर्वक अधिकार उपभोग गरी बसेको इतिहास कमै भएको भन्दै नेपाली जनताले दिएको त्यो स्वतन्त्रता नबिर्सिन आग्रह समेत गरे । गृहमन्त्री लेखकले राज्यले दिएको स्वतन्त्रतालाई लोकतन्त्रको कमजोरीका रूपमा नलिन समेत पूर्वराजालाई चेतावनी दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology