Logo

२०८३, श्रावण ३०गते


images
images

आइपिएल सिजन- १४

आइपीएल क्रीकेटमा दिल्लीद्वारा पञ्जाब ६ विकेटले पराजित

आइपीएल क्रीकेटमा दिल्लीद्वारा पञ्जाब ६ विकेटले पराजित

images
  • आइपीएल क्रीकेटमा दिल्लीद्वारा पञ्जाब ६ विकेटले पराजित
    images
    images

    ०६ बैशाख एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपीएल) क्रीकेटमा दिल्ली क्यापिटल्सले पञ्जाब किङ्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खडे स्टेडियममा आइतबार सम्पन्न खेलमा दिल्लीले पञ्जाबमाथि ६ विकेटको जित निकालेको हो ।

    images
    images
    images

    टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले ४ विकेट गुमाउँदै १० बल बाँकी छँदा लक्ष्य पूरा गर्‍यो ।FB_IMG_1618785396407.jpg

    images
    images
    images

    पञ्जाबका लागि मयंक अग्रवालले सर्वाधिक ६९ र कप्तान केएल राहुलले ६१ रन बनाएका थिए । दिल्लीका क्रिस ओक्स, लुकमान मरिवाला, कगिसो रबाडा र अभेस खानले समान १/१ विकेट लिए ।

    images
    images
    images

    जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका लागि शिखर धवनले १३ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ९२ रन बनाए भने पृथ्वी शले ३२, मार्कस स्टोइनिसले २७, रिशब पन्तले १५ र ललित यादवले १२ रन जोडे ।
    पञ्जाबका लागि जे रिचर्डसनले २ विकेट लिँदा अर्शदीप सिंह र रिले मेरिडिथले समान १/१ विकेट लिए ।FB_IMG_1618785481917.jpg

    जारी आइपिएलमा तीन खेल खेलेको दिल्लीको यो दास्रो जित हो भने समान खेल खेलेको पञ्जाबको यो दोस्रो हार हो ।

    यसअघि आइतबार नै भएको पहिलो खेलमा कोलकाता नाइटराइडर्सलाई रोयल च्यालेन्जर्स बेंगलोरले पराजित गरेको थियो । बेंगालेर ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।