Logo

२०८३, आश्विन ९गते


images
images

एमालेले सोह्र श्राद्दमा मासुभात खुवाएको भन्दै भिम उपाध्यायले भने -  राम राम !!

एमालेले सोह्र श्राद्दमा मासुभात खुवाएको भन्दै भिम उपाध्यायले भने -  राम राम !!

एमालेले सोह्र श्राद्दमा मासु खुवाएको भन्दै भिम उपाध्याय भन्छन् - पशुपतिको जलहरी, माडी रामको अयोध्यापुरी, सोह्र श्राद्दमा मासुभात राम राम !!
images
  • एमालेले सोह्र श्राद्दमा मासुभात खुवाएको भन्दै भिम उपाध्यायले भने -  राम राम !!
    images
    images

    काठमाडौं । नेपाल सरकारका पुर्व सचिव तथा सामाजिक अभियन्ता भिम उपाध्यायले नेपाल कम्युनिस्ट पार्टी एमालेको विधान अधिवेशनमा मासुभात खुवाईएकोबारे टिप्पणी गरेका छन् । सोह्र श्राद्दमा मासुभात खुवाईएको भन्दै उनले सामाजिक संजाल मार्फत आपत्ति जनाएका हुन् ।

    images
    images
    images


    सामाजिक संजाल फेसबूकमा लेख्दै अभियन्ता उपाध्यायले एमाले अध्यक्ष केपी शर्मा ओली  प्रधानमन्त्री भएको बेला पशुपतिनाथमा सुनको जलहरी राखेको र माडीलाई अयोध्यापुरी भन्दै राममन्दिर बनाउने उद्घोष गरेको प्रशंग उल्लेख गरेका छन् ।

    images
    images
    images


    हिन्दु भएर पनि आफ्ना पितृ र हजुरबुवा, हजुरआमाप्रती श्रद्दा नभएकै हो भन्दै उनले सोह्र श्राद्दमा मासुभात खाने/खुवाउने कुराको विरोध गरेका हुन्  ।

    images
    images
    images


    स्मरण रहोस, नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि तीन दिनसम्म कार्यक्रमस्थलमै खाना र खाजाको व्यवस्था गरिएको छ । 


    टेण्डरमार्फत खाना र खाजाको व्यवस्था गरेको एमालेले करिब ६ हजार प्रतिनिधिका लागि पहिलो दिनको खानामा दाल भात, अचार तरकारीसहित कुखुरा र खसीको मासुका व्यञ्जन समेटेको छ । 


    सलादमा मुला, गाँजर, काँक्रो, लगायत राखिएको छ भने भात नखानेलाई रोटीको व्यवस्था गरेको छ । डेर्जटमा दही जेरी राखिएको छ । 

    साथै केपी शर्मा ओलीको फोटो भएको स्टिकर लगाईएको मिनरल वाटरको बोतल समेत सहभागीलाई वितरण गरिएको छ ।


    एमालेको महाधिवेशनमा खाना खुवाउने जिम्मा ए वान पार्टी प्यालेसले पाएको छ

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।