काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको जारी विधान महाधिवेशनस्थलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको फोटो र डमी मात्रै राखिएको प्रती पार्टी केन्द्रिय सदस्य झपट रावल असन्तुष्ट छन् । उनले सामाजिक संजालमा आफुले मार्क्स, लेनिन, पुष्पलाल, मदन र मनमोहन खोजिरहेको लेख्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
त्यसै गरि सामाजिक संजाल फेसबूकमा अर्को स्टाटस लेख्दै रावलले आफुलाई चाटुकार विद्वानभन्दा आलोचनात्मक चेत भएको मूर्ख नै मन पर्ने बताएका छन् ।
विधान महाधिवेशनको अवसरमा सडकका पोल देखि पानीका बोतलसम्म पार्टी अध्यक्ष ओलीका तस्वीर सजाईएका छन । साथै कार्यक्रमस्थलमा समेत ओलीका ठूला ठूला डमी राखिएका छन् ।
कार्यक्रम हलमा बस्न जाँगर नचलेका कार्यकर्ताहरू तिनै ओलीका डमी अगाडि उभिएर फोटो सेसन गरेको शुक्रवार दिनभरजसो देख्न सकिन्थ्यो ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology