Logo

२०८३, आश्विन ९गते


images
images

सभामुख घर्तीलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार 

सभामुख घर्तीलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार 

images
  • सभामुख घर्तीलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार 
    images
    images

    दाङ । लुम्बिनी प्रदेशसभाका सभामुख एवं जनवादी गीतकार तथा संगीतकार पूर्णबहादुर घर्ती मगरलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । जनवादी गीतसंगीतको माध्यमबाट नेपाली समाजको साँस्कृतिक एवं राजनीतिक रुपान्तरणमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै सभामुख एवं जनसंगीतकार घर्तीलाई पुरस्कार प्रदान गरिएको उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिए । 
      

    images
    images
    images

    दाङमा पहिलोपटक आयोजना गरिएको उत्सर्ग संगीत अवार्ड २०७८ संगै आगामी मंसीर ११ गते ताम्रपत्रसहित २५ हजार राशीको उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने अध्यक्ष पीडितले बताए । 
        

    images
    images
    images

    २०४६ सालदेखि शिक्षण पेशाबाट अवकाश लिई राजनीतिमा पूर्णकालीन भएका सभामुख घर्तीले जनयुद्ध भावधाराका सयौं गीत तथा कविता रचना गरेका छन् भने दर्जनौं गीतहरुमा संगीत संयोजन गर्नु गरेका छन् । 

    images
    images
    images


    विभिन्न साँस्कृतिक समूहको नेतृत्व गर्दै सामना साँस्कृतिक परिवारको केद्रीय संयोजक समेत बनेका सभामुख एवं जनसंगीतकार घर्तीले साँस्कृतिक सिपाहीका रुपमा जनक्रान्तिमा योगदान पुर्‍याएका छन्  ।
        

    २०६५ मंसिर २३ देखि २०६६ असारसम्म नेपाल टेलिभिजनको बोर्ड अध्यक्ष समेत बनेका घर्ती २०७४ मंसिर २२ गतेको प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनको उम्मेदवारको रुपमा रुकुम पूर्व क्षेत्र नं. १(२) बाट प्रदेश नं. ५ (हाल लुम्बिनी) प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएका थिए  भने २०७४ फागुन २ गते उहाँ ५ नं. प्रदेश सभाको सभामुखमा निर्वाचित हुनु भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।