Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक : स्वास्थ्य मन्त्री पौडेल

क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक : स्वास्थ्य मन्त्री पौडेल

images
  • क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक : स्वास्थ्य मन्त्री पौडेल
    images
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले महिलाहरुको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक रहेको बताएका छन् । मंगलवार चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पताल र काठमाडौं महानगरपालिकाको सहकार्यमा महानगरभित्र सञ्चालन हुने स्क्रिनिङ्ग कार्यक्रको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । 

    images
    images
    images

    उनले सरकारले चालु आर्थिक वर्षभित्र ५० लाख महिलाहरुमा स्तन, पाठेघर र सर्भाइकल क्यान्सर भए÷नभएको पत्ता लगाउन स्क्रिनिङ्ग गर्ने लक्ष्य रोखको उल्लेख गरे । स्क्रिनिङ्गको कार्यक्रम स्थानीय तहसम्म पु¥याउन सकेमात्र यो लक्ष्य हासिल हुने उहाँको भनाइ छ । 

    images
    images
    images

    पौडेलले सरकाले गएको फागुन महिनालाई स्क्रिनिङ्ग अभियानको रुपमा सञ्चालन गरेको बताउँदै उक्त अभियानमार्फत कक्षा ६ देखि १० सम्म पढ्ने ९४ प्रतिशत किशोरीहरुलाई एच.पी.भि खोप लगाइएको समेत जानकारी दिए ।  जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तह भएको उल्लेख गर्दै उनले स्थानीय तहसँग जोड्नसके मात्रै स्क्रीनिङ्ग कार्यक्रम सफल हुने बताए । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले क्यान्सर लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिने कुरा सबैको प्राथमिकतामा हुनुपर्ने बताइन् । उनले महिलाको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको पहिचान गर्नको लागि काठमाडौं महानगरपालिकाले स्क्रिनिङ्गका कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिइन् ।  

    नेपाल तथा विकासशील मुलुकहरुमा पाठेघरको मुखको क्यान्सरपछि महिलाहरूमा सबैभन्दा धेरै देखिने क्यान्सर स्तन क्यान्सर हो । समयमै स्क्रिनिङ गर्न नपाउँदा पाठेघरको मुखको क्यान्सरबाट वर्षेनी सयौँको संख्यामा नेपालमा महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको सरकारी तथ्यांक छ 
     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • # क्यान्सर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।