Logo

२०८३, श्रावण २७गते


images
images

प्रवास

दुबईमा नेपाल महोत्सव हुँदै

दुबईमा नेपाल महोत्सव हुँदै

images
  • दुबईमा नेपाल महोत्सव हुँदै
    images
    images


    दुबई । यूनाईटेड अरब ईमिरेट्स (यूएई) मा नेपाल महोत्सव २०२५ आयोजना हुने भएको छ। नेपाली कला, संस्कृति, खेलकुद, पर्यटन, व्यापार र पहिचानलाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यसहित अप्रिल २० मा दुबईको क्रिक पार्कमा महोत्सव गरिँदैछ।

    images
    images
    images

    एनआरएनए यूएईका अध्यक्ष विकास शाहीका अनुसार कार्यक्रम नेपाली राजदूतावास आबुधाबीको संरक्षकत्व, नेपाल एसोसिएसन एनआरएनएको संयोजकत्वमा हुन लागेको हो। महोत्सवमा नेपाली समाज, नेपाल विजनेस काउन्सिल, आदिवासी जनजाति महासंघ, नेपाल पत्रकार महासंघ र यूएईमा क्रियाशील सम्पूर्ण संघसंस्थाहरूको संयुक्त सहभागिता रहनेछ।

    images
    images
    images

    महोत्सवमा भाग लिन नेपालबाट पर्यटन मन्त्री बद्री पाण्डे आउने भएका छन्। अध्यक्ष शाहीका अनुसार यसले नेपाल–यूएई सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नेपाली समुदायबीचको एकता, सहयोग र परम्परागत संस्कृतिको उत्सवको रूपमा मनाइनेछ।

    images
    images
    images

    फेस्टिवलमा विश्वभर छरिएर रहेका नेपालीभाषी र नेपाली संस्कृति माया गर्ने व्यक्तिहरूको बृहत् सहभागिता रहने आयोजकले जनाएको छ। जातीय, वर्गीय, सम्प्रदायगत र भौगोलिक विविधता समेट्ने नेपाली संस्कृतिको प्रदर्शन गरिने महोत्सवमा चर्चित कलाकारहरूको सांस्कृतिक प्रस्तुति, खेलकुद प्रतियोगिता, प्रत्यक्ष साक्षात्कार र ५० भन्दा बढी व्यापारिक प्रदर्शनी स्टलहरू पनि रहनेछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।