Logo

२०८३, आश्विन ११गते


images
images

आजको राशिफल

आज असोज २० गते बुधबार, श्री कृष्ण जीको दर्शन गरी आजको राशिफल हेर्नुहोस

आज असोज २० गते बुधबार, श्री कृष्ण जीको दर्शन गरी आजको राशिफल हेर्नुहोस

images
  • सेतोमसी सहकर्मी
  • आज असोज २० गते बुधबार, श्री कृष्ण जीको दर्शन गरी आजको राशिफल हेर्नुहोस
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ असोज २० गते बुधबार । तदनुसार ६ अक्टोबर २०२१ । श्री कृष्ण जीको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images


    आजको पंचाङ्ग : 

    images
    images
    images

    वि.सं. असोज २०, २०७८ । ई.सं. 06 Oct, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ ञलगा । दक्षिणायन । शरद । बुधवार । आश्विन कृष्णपक्ष । तिथि - औंसी, १७:१२ बजे उप्रान्त प्रतिपदा । नक्षत्र - हस्त, २५:१७ बजे उप्रान्त चित्रा । योग - ब्रह्म, १०:४१ बजे उप्रान्त ऐन्द्र । करण - नाग १७:१२ बजेदेखि किंस्तुघ्न, २८:२३ बजे उप्रान्त कौलव । चन्द्रराशि - कन्या । आनन्दादि योग - आनन्द । दिनमान २९।१८ । सूर्योदय ५:५९ । सूर्यास्त १७:४३ । दर्शश्राद्ध, औंशीश्राद्ध, पितृविसर्जन, स्नानदानादौ औंशी, हलो बार्ने, निशि बार्ने । 

    images
    images
    images

    आजको राशिफल: 

    मेष - (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा जित हासिल हुनेछ । 

    वृष - (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)  
    परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । 

    मिथुन - (का, की, कु, घ, ङ, छ, के, को, हा)  
    अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ । छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । 

    कर्कट - (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
    शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । आस मारेको नतिजा समेत सकारात्मक हुन सक्छ । 

    सिंह - (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    बाेली–व्यवहारकाे कठोर शैलीले समस्या निम्त्याउन सक्छ । आलोचकहरूलाई व्यवहारले समेट्नुहोला । द्विविधाले निर्णय कमजोर बन्नेछ । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । 

    कन्या -  (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  
    विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने हुन सक्छ । 

    तुला -  (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । केही दौडधुप गर्नुपरे पनि कामको अवसर प्राप्त हुनेछ । 

    वृश्चिक -  (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
    दिगो फाइदा हुने काम हातलागी हुनेछ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । दिगो योजना प्रारम्भ गर्ने समय छ । श्रमको उचित मूल्य प्राप्त हुनेछ । सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ । 

    धनु - (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे
    आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला । 

    मकर - (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 
    अरूका लागि बुद्धि खर्चनुपर्ला । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । 

    कुम्भ - (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
    अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने हुन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ । 

    मीन - (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  
    स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । विगतका कमजोरीमा क्रमश: सुधार आउनेछ । लगनशीलताले उपलब्धि दिलाउनेछ । काम पूरा नभए पनि लाभ हुनेछ । व्यापार–व्यवसायमा पनि सामान्य फाइदै हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।