Logo

२०८३, श्रावण २७गते


images
images

४० बुँदामा लुम्बिनी प्रदेश सरकारको बजेटले समेटेका योजना

४० बुँदामा लुम्बिनी प्रदेश सरकारको बजेटले समेटेका योजना

images
  • ४० बुँदामा लुम्बिनी प्रदेश सरकारको बजेटले समेटेका योजना
    फाइल फोटो
    images
    images

    बुटवल । माओवादी नेतृत्वको लुम्बिनी सरकारले बुधबार ल्याएको बजेटले समृद्ध र आत्मनिर्भर लुम्बिनी प्रदेशको अवधारणा अगाडि सारेको छ । यस अघि अध्यादेश मार्फत तत्कालीन शंकर पोखरेल सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गरि ल्याईएको बजेट केही पूरानै  कार्यक्रमलाई निरंतरता दिईएको छ भने केही नयाँ  कार्यक्रम पनि अगाडि सारिएको छ ।

    images
    images
    images


    एक गाउँ एक उत्पादन, घरदैलोमा डाक्टर, जेष्ठ नागरिक, महिला तथा बालवालिकालाई छुट्टै अस्पतालको स्थापना, लुम्बिनी प्रदेश योजना बैंक स्थापना लगायतका नयाँ कार्यक्रम गठबन्धन सरकारले अघि सारेको छ । 

    images
    images
    images

    हेर्नुहोस लुम्बिनी प्रदेश सरकारको बजेटमा समेटिएका  यी ४० योजना 

    images
    images
    images

    १) लुम्बिनी प्रदेशका १८ वर्ष मुनिका बालबालिकालाई कोभिड १९ को खोपको ब्यवस्था । 

    २) घरदैलोमा डाक्टर कार्यक्रम र प्रदेश भरी निशुल्क रक्तसञ्चार सेवा । 

    ३) लुम्बिनी प्रदेशमा जेष्ठ नागरिक र महिला तथा बालबालिका अस्पताल स्थापना । 

    ४) क्यान्सर,मृगौला र मुटु रोगीलाई प्रदेश सरकारको तर्फबाट थप दुई लाख उपलब्ध गराउने । 

    ५) मुटुरोगको उपचारलाई सर्बसुलभ गराउन लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा क्याथ ल्याब सेवा बिस्तार गर्न १० करोड र एम आर आइ एवं सिटी स्क्यान सहितको स्वास्थ्य उपकरणका लागि १३ करोड बजेट ब्यबस्थापन । 

    ६) ७० वर्ष माथीका जेष्ठ नागरिक सङ्ग स्वास्थ्यकर्मी कार्यक्रम । 

    ७) प्रदेश भित्र शैक्षिक गुणस्तर र भौतिक सुधारका लागि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम । 

    ८) प्युठानमा लुम्बिनी सीप विकास प्रतिष्ठान स्थापना गर्ने । 

    ९) गरिबी निवारणका लागि एक पालिका एक सामुहिक कम्पनी, एक कम्पनी एक सामुहिक उधम कार्यक्रम । 

    १०) एक जिल्ला एक पालिका सार्बजनिक शुलभ पसल । 

    ११) कृषि र औद्योगिक कर्जा प्रबाह गर्न तथा लुम्बिनी प्रदेशको सरकारी बित्तीय कारोबार गर्न लुम्बिनी प्रदेश बैंक स्थापना । 

    १२) बिधुतिय बस सेवा सन्चालन तत्कालका लागि भैरहवा–बुटवल,नेपालगन्ज–कोहलपुर,भालुबाङ्ग–लमही र घोराही–तुलसीपुर रुटमा सन्चालन गर्ने । 

    १३) गण्डकी नदी त्रिबेणी–देबघाट र राप्ती नदिको खुङग्री–भालुबाङ्ग र भालुबाङ्ग– अगैया खण्डमा र्याफ्टिङ्ग संचालन गर्ने । 

    १४) लुम्बिनी र स्वर्गद्वारीको माटो, पानी र बस्तु प्रयोग गरि मायाको चिनो उत्पादन गर्ने सोभिनियर उद्योग संचालन गर्ने । 

    १५) लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा नयाँ शहर र एकीकृत बस्ती विकास गर्ने । 

    १६) परम्परागत चुल्होको बिस्थापन गरि विद्युत खपत बढाउन सहुलियत दरमा विद्युतिय चुल्हो उपलब्ध गराउने । 

    १७) जलविद्युत, सौर्यउर्जा र बैकल्पिक उर्जाको पर्बर्धन गरि लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेश बनाउने । 

    १८) पुर्ब पश्चिम राजमार्गको सुरइनाका, धानखोला र रिहारमा जलाशय निर्माण गरि त्यसको बहुउपयोग गर्ने । 

    १९) एक हजार बिगाहा जग्गामा पिपिपी मोडेलमा सुगन्धित धान र प्याज उत्पादन गर्न आधुनिक कृषि फर्म सन्चालन गर्ने । 

    २०) कोभिड महामारीबाट प्रभावित उधोगी व्यबसायीका लागि प्रदेश करमा छुटको ब्यबस्था । 

    २१) महिला, दलित, जनजाति, अल्पसंख्यक लगायत लक्षित समूहका लागि रोजगारमुलक कार्यक्रम । 

    २२) कृषिजन्य उत्पादनको बजार पर्बर्धन गर्न भैरहवा, कृष्ण नगर र नेपालगन्जमा स्तरीय तरकारी बजार स्थापना गर्ने । 

    २३) लुम्बिनीमा बौद्ध अन्तरास्ट्रिय बर्थिङ्ग सेन्टर स्थापना गर्ने । 

    २४) बुटवलमा धागो कारखाना, कपिलवस्तुमा कागज कारखाना र कपास खेती एवं उद्योगको स्थापना । 

    २५) स्वर्गद्वारीमा केबलकार, हिल स्टेसन, थिम पार्क र रुपन्देही सहित प्रदेशका १२ वटै जिल्लामा हिल स्टेसनहरु निर्माण गर्ने । 

    २६) कपिलवस्तुलाई सांस्कृतिक शहरको रुपमा विकास गर्ने र प्रदेशका विभिन्न स्थानहरुमा सबै जातजातिका धर्म,भाषा, संस्कृति र पहिचान झल्किने सांस्कृतिक ग्रामहरु स्थापना गर्ने । 

    २७) जनयुद्ध र जनआन्दोलनका सहिद तथा बेपत्ता एवं द्वन्द परिवारलाई रोजगार कार्यक्रम । 

    २८) प्रदेश गौरवको आयोजनाको रुपमा प्रदेश राजधानीको ब्यबस्थापन । 

    २९) लुम्बिनी विश्वबिधालय स्थापना । 

    ३०) डिजिटल प्रबिधि युक्त ट्रायल सेन्टर र डिजिटल सवारीचालक अनुमतिपत्रको व्यबस्था । 

    ३१) लुम्बिनी प्रदेशका पत्रकारहरुको पत्रकार दुर्घटना बीमा,पत्रकार महासंघ लुम्बिनीको भवन निर्माण र संस्थागत विकास । 

    ३२) प्रदेश परियोजना बैंक स्थापना । 

    ३३) राजमार्ग र सार्बजनिक स्थानहरुमा सिसिटिभी र फ्री वाइफाईको व्यबस्था । 

    ३४) राजस्व वृद्धि गरि आत्मनिर्भर प्रदेश स्थापना गर्न प्राकृतिक श्रोत साधनको उचित पहिचान, परिचालन, राजस्व प्रशासनमा सुधार र करका दायरामा वृद्धि गर्ने । 

    ३५) लुम्बिनी प्रदेशमा पुजीबजार र बीमाको पहुँच बिस्तार गर्ने । 

    ३६) लुम्बिनी प्रदेशलाई आकर्षक लगानी हबको रुपमा विकास गरि राष्ट्रिय अन्तर्रास्ट्रिय लगानी आकर्षित गर्न लगानी सम्मेलन गर्न । 

    ३७) तथ्यमा आधारित बैज्ञानिक योजना प्रणालीको विकास गर्न प्रदेश तथ्यांक कार्यालय स्थापना गरि योजना संकलन विश्लेषण गर्ने । 

    ३८) चालू प्रथम आवधिक योजनाको मध्यावधिक समिक्षा तथा मुल्यांकन गरि नयाँ योजना तर्जुमा गर्ने । 

    ३९) बजेट, योजना र सार्बजनिक खर्चलाई प्रभावकारी बनाई बिनियोजन कुशलता,कार्यान्वयन दक्षता र बित्तीय अनुशासन कायम गर्न मध्यमकालिन खर्चलाई विद्युतिय प्रणालीमा विकास गर्ने लगायत । 

    ४०) कला, साहित्यको संरक्षण सम्बद्र्धनमा विकास गर्ने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।