Logo

२०८३, कार्तिक २८गते


images
images

राजावादी आन्दोलन

निरङ्कुशता र लुटतन्त्र विरुद्ध जुटौं’: अध्यक्ष लिङदेन

निरङ्कुशता र लुटतन्त्र विरुद्ध जुटौं’: अध्यक्ष लिङदेन

images
  • निरङ्कुशता र लुटतन्त्र विरुद्ध जुटौं’: अध्यक्ष लिङदेन
    फाईल फोटो
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा भइरहेको लुटतन्त्र र निरङ्कुशता अन्त्य गर्न सबै राष्ट्रवादी शक्तिहरू एक  हूनुपर्ने बताएका छन् ।

    images
    images
    images

    राप्रपा नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको विरोध सभामा बोल्दै लिङदेनले वर्तमान अवस्थामा मुलुक देख्नमा ठिकठाक जस्तो लागे पनि वास्तविकता भने अत्यन्तै जटिल र अप्ठ्यारो रहेको दाबी गरे । भ्रष्टाचार र कुशासनले देशलाई मात्रै होइन, भावी सन्ततिलाई समेत अन्योलमा पारेको भन्दै उनले चिन्ता व्यक्त गरे । देशको अस्मिताको रक्षाका लागि देशभक्त राष्ट्रवादी शक्तिहरूको एकता अपरिहार्य भएको लिङदेनको भनाइ छ ।

    images
    images
    images

    "हामीले आँखाले हेर्दा सबै ठिक देखिन्छ, तर देश हाम्रो समयकै सबैभन्दा अप्ठ्यारो अवस्थामा छ," लिङदेनले भने, "भ्रष्टाचार र कुशासनले हामीलाई मात्र होइन, भावी पुस्तालाई समेत अन्योलग्रस्त बनाइरहेको छ।" उनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र र निरङ्कुशता हाबी भइरहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि वैकल्पिक शक्तिको आवश्यकता रहेको बताए ।

    images
    images

    राप्रपा अध्यक्ष लिङदेनले आग्रह गरे, "सबै प्रकारका आग्रह र पूर्वाग्रह त्यागेर एक ठाउँमा बसेर देशलाई निकास दिनुपर्छ । राप्रपा सधैं तयार छ ।"

    उनले लोकतन्त्र र मानवअधिकारको खिल्ली उडाइएको आरोपसमेत लगाए । चैत १५ गतेको घटनालाई स्मरण गर्दै उनले लोकतन्त्रको रक्षाका नाममा भैरहेको दमनलाई आपत्तिजनक ठहर गरे । राजसंस्थाको पक्षमा आवाज उठाउने राप्रपाका नेताहरूलाई खोजी खोजी पक्राउ गरिएकोप्रति असन्तुष्टि जनाउँदै लिङदेनले राज्य संयन्त्रको दुरुपयोग भएको आरोप लगाए ।

    "हाम्रा साथीहरूलाई खोजी खोजी कष्टडीमा राखिएको छ । लोकतन्त्र र मानवअधिकारका कुरा गर्नेहरूले नै चैत १५ गते ती मूल्यहरूको खिल्ली उडाएका छन्," लिङदेनले भने, "हामी ठिक ढंगले संगठित हुन नसकेका कारण यी सबै अन्याय र निरङ्कुशता सहन बाध्य भएका छौँ । अब हामी सबै एक ठाउँमा उभिएर लोकतन्त्रको नाममा भइरहेको लुटतन्त्रका विरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्छ ।"

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजावादी आन्दोलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।