Logo

२०८३, आश्विन १०गते


images
images

'जनयुद्धले स्थापित गरेका मुल्यमान्यताहरु भत्कदै गए' : माओवादी नेता खनाल

'जनयुद्धले स्थापित गरेका मुल्यमान्यताहरु भत्कदै गए' : माओवादी नेता खनाल

images
  • 'जनयुद्धले स्थापित गरेका मुल्यमान्यताहरु भत्कदै गए' : माओवादी नेता खनाल
    images
    images

     भैरहवा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता चक्रपाणी खनालले जनयुद्धले स्थापित गरेका कतिपय मुल्यमान्यताहरु भत्कदै गएको बताएका छन् । बिहिबार रुपन्देहीको भैरहवामा प्रेस सेन्टर नेपाल रुपन्देहीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता खनालले चार्डपर्वहरु सामाजिक मुल्यमान्यता नभत्कने गरि परिमार्जन गर्नु आवश्यक रहेको बताएका हुन् ।

    images
    images
    images

     

    images
    images
    images

    जनयुद्धको समयमा साँस्कृतिक क्रान्तिको मोर्चा सम्हाल्नेहरु नै सबै भन्दा धेरै बुर्जुवा भएको उल्लेख गर्दै नेता खनालले जात प्रभा भत्काउन अन्तरजातिय विवाह गरेका चेलीहरुको विचल्ली भएकोमा चिन्ता व्यक्त गरे ।

    images
    images
    images


    त्यसैगरी लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष तथा माओवादी नेता वामदेव क्षेत्रीले चाडपर्वहरुको बैज्ञानिक पक्षका बारेमा वहस हुनु आवश्यक रहेको बताए । उनले सामाजिक परम्पराहरु समय अनुकुल परिवर्तन हुँदै जानु पर्नेमा जोड दिए । 


    सोही कार्यक्रममा बोल्दै अर्का नेता हकिकुल्ला खाँले दशैँ तिहारमा जस्तै अन्य जाडपर्वहरुमा पनि शुभकामना आदान प्रदान गर्नु आवश्यक रहेको बताए । उनले राज्य धर्मनिरपेक्ष भएको सन्र्दभमा सबै धर्म र समुदायको उत्तिकै सम्मान गर्नु आवश्यक रहेको औल्याए । 


    विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा प्रेस सेन्टर जिल्ला समिति रुपन्देहीद्वारा आयोजित उक्त कार्यक्रममा जिल्लामा कृयाशिल पत्रकार, प्राध्यापक, प्रशासनिक व्यक्तित्व,  उद्योगी- व्यापारी तथा अधिकारकर्मीहरूको उल्लेख्य उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।