Logo

२०८३, श्रावण २७गते


images
images

रुपन्देहीमा देउसीभैलो राती १० बजेसम्म खेल्न पाइने

रुपन्देहीमा देउसीभैलो राती १० बजेसम्म खेल्न पाइने

images
  • रुपन्देहीमा देउसीभैलो राती १० बजेसम्म खेल्न पाइने
    images
    images

    भैरहवा । रुपन्देहीमा देउसीभैलो राती १० बजेसम्म मात्र खेल्न पाइने भएको छ । चाडपर्वलाई मर्यादित, व्यवस्थित एवं शान्तिपूर्ण तरिकाले मनाउन चाडपर्वको अवसरमा देउसी, भैलो, नाचगान लगायतका मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरु सम्बन्धित निकायको स्वीकृतिमा मात्र गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शुक्रबार सूचना जारी गर्दै आग्रह गरेको छ ।

    images
    images
    images

    यस्ता कार्यक्रमहरु रातको १० बजेसम्म मात्र गर्न/गराउन आग्रह गर्दै छ सूचनाको बर्खिलाप हुने क्रियाकलापहरु प्रचलित कानूनको दायराभित्र आउने प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै पटका, आतिसबाजी जस्ता प्रज्जवनशील पदार्थको प्रयोग तथा जुवातास खेल्ने कार्य कानूनतः पूर्ण रुपमा निषेधित रहेकाले यस्ता कार्य दण्डनीय हुने भएकाले नगर्न/नगराउन प्रशासन कार्यालयको आग्रह छ ।

    images
    images
    images

    तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवं विद्युतीय उपकरणहरु प्रयोग गरी पर्व मनाउँदा आगलागी जस्ता विपद्का घटना घट्न सक्ने भएकाले सजगतापूूर्वक कार्य गरी जोखिम न्यूनीकरणमा विशेष ध्यान पुर्याउन कार्यालयले आग्रह गरेको छ ।

    मदिरा तथा मदिराजन्य पदार्थको विक्रीवितरण प्रचलित कानूनबमोजिम अनुमतिप्राप्त व्यवसायीले मात्र गर्नहुन र त्यस्ता पदार्थको विक्रीवितरण राती ९ बजेसम्म मात्र गर्नहुन सूचनामा उल्लेख छ ।

    दीपावली, छठ लगायतका पर्वमा प्लाष्टिकजन्य फूल, गुच्छाको उत्पादन, आयात, निर्यात र विक्रीवितरणमा रोक लगाइएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी रामचन्द्र अर्यालले बताए । रोक लगाइएका वस्तुहरुको प्रयोग नगर्न उनले सूचनामार्फत आग्रह गरेका छन् ।

    1699681743-m5jen.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।