Logo

२०८३, श्रावण ३०गते


images
images

संसदभित्र गलत विषय उठे तत्काल प्रतिवाद गर्न एमाले सांसदलाई प्रधानमन्त्री ओलीको निर्देशन

संसदभित्र गलत विषय उठे तत्काल प्रतिवाद गर्न एमाले सांसदलाई प्रधानमन्त्री ओलीको निर्देशन

images
  • संसदभित्र गलत विषय उठे तत्काल प्रतिवाद गर्न एमाले सांसदलाई प्रधानमन्त्री ओलीको निर्देशन
    images
    images

    काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदभित्र आफ्नो प्रश्तुति प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिएका छन् । शनिवार बालुवाटारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले पार्टीको मर्यादा र अनुशासन कायम राख्दै प्रश्तुति प्रभावकारी बनाउन निर्देशन दिए । उनले सरकारले संसदमा प्रश्तुत गरेको आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम सही भएको बताए । 

    images
    images
    images

    प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम विकास र समृद्धिमा केन्द्रित रहेको भन्दै सांसदहरुले संसदमा बोल्दा जिम्मेवार हुनुपर्ने र राम्रोसँग अध्ययन गरेर मात्रै बोल्न निर्देशन दिए । ओलीले संसदमा बोल्नु अगाडि बुँदागत रुपमा टिपेर बोल्नुपर्ने बताए । विपक्षीहरुले बिरोध गर्ने, गलत नियतले बोल्ने भएकाले तत्काल प्रतिवाद गर्नसक्ने गरी सांसदहरुले तयारी गर्नुपर्ने उनको भनाई छ ।

    images
    images
    images

    ‘प्वाइन्टहरु साथीहरुले लेखेर ल्याउनुहोला बोल्ने बेलामा, लेखेका प्वाइन्टहरु बोल्नुहोला ताकि कुरा नछुटोस्, नबिर्सियोस् भन्नका लागि । लेखेर ल्याएको बुँदाहरु प्रष्टताका साथ व्याख्या गर्न सक्नेगरी आउनुप¥यो ।’ उनले भने, ‘सिङ्गै वक्तव्य लेखेर ल्याएपनि हुन्छ । लेखेर ल्याएको वक्तव्यमा तत्काल उठेका प्रश्नको जवाफ दिन सकिँदैन, असहज हुन्छ । तत्काल उठेका कुराहरुको प्रतिवाद हामीले गर्नैपर्ने हुन्छ । हरेक सांसदहरुले गलत कुरामा उठेको खण्डनहरुमा पनि बोल्नैपर्ने हुन्छ ।’

    images
    images
    images

    सरकारले शुक्रवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमार्फत सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा सांसदहरुलाई संशोधन गर्न ७२ घण्टाको समय पनि उपलब्ध भइसकेको छ । सरकारको नीति तथा कार्यक्रमका बारेमा मिश्रित प्रतिक्रिया आएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ससंद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।