Logo

२०८३, श्रावण २७गते


images
images

मल अभाव

देशमा मलको हाहाकार : ११ लाख टन आवश्यक, ४ लाख टन आपूर्ति

देशमा मलको हाहाकार : ११ लाख टन आवश्यक, ४ लाख टन आपूर्ति

images
  • देशमा मलको हाहाकार : ११ लाख टन आवश्यक, ४ लाख टन आपूर्ति
    images
    images

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले देशभर रासायनिक मलको अभाव रहेको स्वीकार गरेका छन् । आईतवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले अहिले बजारमा मलको हाहाकार भएको र किसानले ‘मन्त्रीले मल दिएन’ भनेर गुनासो गरिरहेकाबारे आफैँ सुन्ने गरेको बताए । 

    images
    images
    images

    देशभर वार्षिक ११ लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता रहे पनि जम्मा ४ लाख टन मात्र आपूर्ति भएको तथ्याङ्क समितिमा पेश गरिएको छ ।

    images
    images
    images

    मन्त्रीले समस्यालाई स्वीकार गर्दै अब प्राङ्गारिक र जैविक मलको प्रयोगलाई प्राथमिकतामा राख्ने स्पष्ट नीति लिएर अघि बढिएको बताए ।

    images
    images
    images

    'मलको समस्या विकराल छ । अब सरकारकै तहबाटै शुरुवात गर्नुपर्ने समय आएको छ' उनले भने । 

    मन्त्री अधिकारीले सिंचाइ, प्रशोधन र भण्डारणमा विद्युत् अत्यावश्यक भए पनि हालको विद्युत शुल्क अत्यधिक भएकोले किसान मारमा परेको बताए । कृषिमा विद्युत उपयोग बढाउन अर्थ मन्त्रालयकै ढिलो निर्णय बाधक बनेको उनको दाबी छ ।

    उनले भनेका छन्—‘यदि हामीले विद्युतमा सहुलियत दिन सकेनौं भने कृषिले फड्को मार्न सक्दैन।’ अर्थ मन्त्रालयसँग छलफल आवश्यक भएको भन्दै मन्त्रीले अब समन्वयबिना सुधार सम्भव नरहेको प्रस्ट पारे ।

    कुखुराको मासु, अण्डा र मकै उत्पादनमा आत्मनिर्भर हुन थालिएको भनिए पनि त्यसका लागि आवश्यक कच्चा पदार्थ अझै विदेशबाटै आयात गर्नुपर्ने बाध्यता रहेको मन्त्री अधिकारीको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।