Logo

२०८३, आश्विन ९गते


images
images

सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री ओली

सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री ओली

images
  • सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री ओली
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्तावित नीति तथा कार्यक्रममा संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने प्रतिवद्धता गरिएको बताएका छन् । आईतवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी–पुनरुत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने दृढता व्यक्त गरिएको उल्लेख गरे ।

    images
    images
    images

    उनले जनताको बलिदान खेर जान नदिने, प्राप्त उपलब्धिको रक्षा र प्रवद्र्धन गर्ने प्रश्तुत नीतिमा  सम्मानित सदन एक हुने कुरामा आँफु विश्वस्त रहेको बताए । सरकार निर्माणको समयमा “संविधानको समीक्षा गर्ने, यसका सवल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनको क्रममा देखिएका कमीकमजोरी सच्याउने” प्रतिवद्धता गरिएको भन्दै सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने नीतिमा सरकार प्रतिवद्ध रहेको जानकारी दिए । 

    images
    images
    images

    प्रधानमन्त्री ओलीले भने, ‘प्रश्तावित नीति तथा कार्यक्रममा संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने प्रतिवद्धता छ । यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी–पुनरुत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने दृढता व्यक्त गरिएको छ । म विश्वास गर्छु– जनताको बलिदान खेर जान नदिने, प्राप्त उपलब्धिको रक्षा र प्रवद्र्धन गर्ने प्रश्तुत नीतिमा यस सम्मानित सदन एक हुनेछ ।’

    images
    images
    images

    प्रधानमन्त्री ओलीले दलहरु बीचको स्वस्थ प्रतिष्पर्धा, आपसी संवाद, सहकार्य र सहअस्तित्वको नीतिमा राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने प्रयास जारी रहेको सो अवसरमा बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संविधान संशोधन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।