Logo

२०८३, आश्विन ९गते


images
images

उल्टियो लुम्बिनी समीकरण, अबिस्वासको प्रस्ताबका हस्ताक्षरकर्ता नै बने मंत्री

उल्टियो लुम्बिनी समीकरण, अबिस्वासको प्रस्ताबका हस्ताक्षरकर्ता नै बने मंत्री

images
  • उल्टियो लुम्बिनी समीकरण, अबिस्वासको प्रस्ताबका हस्ताक्षरकर्ता नै बने मंत्री
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चार जना मन्त्री थपेका छन् । पोखरेलले जनता समाजवादी पार्टीका सांसदहरु विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी र कल्पना पाण्डेलाई मन्त्री बनाएका हुन् । यो संगै लुम्बिनीको समीकरण उल्टिएको छ ।

    images
    images
    images

    यसअघि माओवादी केन्द्र र काँग्रेसको अगुवाइमा सोमबार नै अविश्वासको प्रस्ताव दर्ता भएको थियो । सो अविश्वास प्रस्तावमा जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजय यादव, सुमन रायमाझीले समेत हस्ताक्षर गरेका थिए ।

    images
    images
    images

    कल्पना पाण्डेले भने अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी थिइनन् ।

    images
    images
    images

    सन्तोष पाण्डे भौतिक पूर्वाधार, विजय यादव भूमि व्यवस्था तथा कृषि, कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्रीको रुपमा सपथ लिए । प्रदेश प्रमुख धर्मनाथ यादवले उनीहरूलाई सपथ गराएका हुन् ।

    अविश्वासको प्रस्ताव दर्ता भएपछि माओवादीको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले सोमबार नै राजीनामा दिएका थिए । 

    कुलप्रसाद केसी मन्त्री पदबाट राजीनामा दिएर मुख्यमन्त्री बन्ने दौडमा थिए। अविश्वासको प्रस्तावमा केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।