काठमाडौ । मुगुको छायाँनाथ रारा नगरपालिका वार्ड नम्बर ७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २६ जनाको मत्यु भएको छ ।
सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार २६ जनाको मृत्यु भएको छ भने १८ जना घाइतेहरुको अहिले उद्धारको काम भैरहेको छ । उद्घार घाइतेहरूलाई नेपालगन्ज पुर्याईदै गरेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो करिब साढे १ बजे तिर छायानाथ रारा नगरपालिका ७ पिनाटपने खोला भन्ने ठाउँमा बस दुर्घटना भएको हो। घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology