काठमाडौं । आगामी जेठ ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। प्रतिनिधि सभाको मंगलवारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम जानकारी दिए।
प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने व्यवस्था छ।
समूह दशमा रहेका सांसदहरूले जेठ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष प्रश्न बुझाउन सभामुख घिमिरेले आग्रह गरेका छन्।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषयमा सांसदहरूले प्रश्न गर्न सक्नेछन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology