काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन अब सुदूरको खतरा नरहेको स्पष्ट पारेका छन् । शुक्रवारबाट काठमाडौंमा शुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन अब सुदूरको खतरा नरहेको भन्दै यो अब अहिलेको समयको सबैभन्दा ठूलो चुनौति बनेको उल्लेख गरे ।
पृथ्वी, जनता, समृद्धिमा यसले ठूलो प्रभाव पार्ने बताउनुभएका प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनबाट कुनैपनि समाज पूर्ण रुपमा असुरक्षित नरहेको उल्लेख गरे । जलवायु परिवर्तनको असरमा नेपालको भुमिका नरहे पनि नेपाललेनै सबैभन्दा बढी क्षति व्यहोरिरहेको उनले बताए ।
प्रधानमन्त्री ओलीले भने ‘जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन । यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो । यसले सबै थोकलाई लपेट्छ— हाम्रो पृथ्वी, हाम्रा जनता, र हाम्रो साझा समृद्धि । कुनै पनि राष्ट्र यसबाट अछुतो छैन । कुनै पनि समाज पूर्ण सुरक्षित छैन । तर सबैभन्दा बढी असर तिनीहरूमाथि परेको छ, जो यसको लागि सबैभन्दा कम जिम्मेवार छन् । यो संकट ल्याउनमा हाम्रो खासै भुमिका छैन ।’
प्रधानमन्त्री ओलीले वातावरण संरक्षणमा नेपालको भुमिका उल्लेख्य रहेको भएपनि नेपालले नै बढी जलवायु परिवर्तनका जोखिम भोगिरहेको दावी गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology