Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीमा जिप दुर्घटना ३ को मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना ३ को मृत्यु, ६ जना घाइते

images
  • गुल्मीमा जिप दुर्घटना ३ को मृत्यु, ६ जना घाइते
    images
    images

    गुल्मी । गुल्मीमा बिहीबार राती जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
    बुटवलबाट तम्घास आउँदै गरेको लु १ ज ४४९० को जिप रेसुंगा नगरपालिका १० पाँचरातेमा दुर्घटना हुँदा जिपमा सवार ९ जना मध्ये ३ जनाको मृत्यु भएको हो ।
    मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर २ का ७२ बर्षीय क्षेत्रबहादुर थापा,४५ बर्षीय राधिका थापा र मुसिकोट नगरपालिका वडा नम्वर ३ की १९ बर्षीय संगिता सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
    दुर्घटनामा परि मुसिकोट नगरपालिका वडा नम्वर २ का चालक २६ बर्षीय कमल थापा, ४३ बर्षीय खिमा थापा, ३६ बर्षीय राजु थापा,३८ बर्षीय जुना थापा ,भरतपुर उप महानगरपालिकाकी ५० बर्षीय राधा केशी ,वडा नम्बर ३की ४७ बर्षीय सुमित्रा सुनार रहेका छन् ।
    घाइते मध्ये राधा ,जुना सुमित्रा ,राजु र खिमाको शरीरका विभिन्न भागहरुमा चोट लागेको र उनीहरुको पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
    जिप सडकदेखी करिब ५०० मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    मृतक ३ नै जनाको शबलाई गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।