Logo

२०८३, श्रावण ३०गते


images
images

संसद गतिरोध

संसद खुलाउनेबारे प्रतिपक्षि दलहरु टसमस भएनन् : भन्छन् गृहमन्त्रीले राजीनामा दिनुपर्यो

संसद खुलाउनेबारे प्रतिपक्षि दलहरु टसमस भएनन् : भन्छन् गृहमन्त्रीले राजीनामा दिनुपर्यो

images
  • संसद खुलाउनेबारे प्रतिपक्षि दलहरु टसमस भएनन् : भन्छन् गृहमन्त्रीले राजीनामा दिनुपर्यो
    images
    images

    काठमाडौँ । विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध नखुलाउने अडान दोहोर्याएका छन् ।

    images
    images
    images

    सभामुख देवराज घिमिरेले बोलाएको मुख्य सचेतक र प्रमुख सचेतकहरुको बैठकमा विपक्षी दलहरुले आफ्नो अडान कायम राख्दै गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायम राख्ने बताएका हुन् ।

    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परिवारले आफुहरु अडानमा कायम रहेको र गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसदको बैठक  अगाडी बढ्न नसक्ने बताउदै आफुहरुसँग भिजिट भिसा प्रकरणमा केही सुचना आएकोले त्यो सूचना संसद बैठकमा राख्ने बताए ।

    images
    images
    images

    त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बजेट प्रस्तुत गर्न दिएकोमा विपक्षी दलहरुलाई धन्यवाद दिदै बजेट पारित गर्ने विषय पनि संबैधानिक दायित्व भएकोले यसमा सहयोग हुने विश्वास व्यक्त गरे ।

    त्यसैगरी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विहिवार आफुले संसदमा राखेको कुरा आजको बैठकमा राखेको बताउदै गृहमन्त्री लेखकको राजीनामा नआएसम्म अगाडी बढ्न नसक्ने स्पष्ट गरेका छन् ।     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिपक्षि दल
  • # ससंद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।