Logo

२०८३, आश्विन १०गते


images
images

तिलोत्तमा मेयर कम

तिलोत्तमामा ७औं मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुँदैं

तिलोत्तमामा ७औं मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुँदैं

images
  • तिलोत्तमामा ७औं मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुँदैं
    images
    images

    भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ७औं तिलोत्तमा मेयर कप खुल्ला तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ ।मधवलिया ब्याडमिन्टन क्लवको व्यवस्थापनमा खुल्ला तथा ४५ बर्ष उमेर माथिका भेट्रान खेलाडीहरुलाई लक्षित गरेर ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको क्लवले जनाएको छ । 

    images
    images
    images

    जेठ ३१ गते हुने प्रतियोगितामा ४० देखि ४५ वटा टिमलाई सहभागि गराईने तिलोत्तमा नगर खेलकुद बिकास समितिका संयोजक लोक पुनले जानकारी दिए । 

    images
    images
    images

    पालिकाले बार्षिक स्वीकृत कार्यक्रम अनुसार आयोजना गरिएको प्रतियोगिताले खेलाडीको बिकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको संयोजक पुनले बताए । 

    images
    images
    images

    तिलोत्तमा १६ विहुलीमा रहेको मधवलिया ब्याडमिन्टन क्लवको कवर्ड हलमा सञ्चालन गरिने प्रतियोगिताको आवश्यक तयारीमा जुटेको क्लवका अध्यक्ष केशव चौधरीले जानकारी दिए । अध्यक्ष चौधरीका अनुसार तिलोत्तमा नगरपालिकामा स्थायी बसोबास गर्ने खेलाडीले मात्र प्रतियोगितामा सहभागिता जनाउनछन् ।
     
    प्रतियोगितामा डबल पुरुष तर्फ प्रथम हुनेले ५५ हजार, द्धितिय हुनेले ३० हजार र तृतिय हुनेले २० हजार रुपैया पुरस्कार पाउने क्लवका कोषाध्यक्ष अर्जुन सेनले जानकारी दिए । 

    यसैगरी डबल पुरुष भेट्रान तर्फ प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैंया पुरस्कार पाउने प्रतियोगिता ब्याडमिन्टनको बिश्वव्यापि मान्यता अनुरुप खेलाईने क्लवले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।