Logo

२०८३, आश्विन १०गते


images
images

यु–१४ खेलकुद

काठमाण्डौमा हुने यु–१४ खेलकुदका लागि लुम्बिनीबाट ७८ खेलाडी छनोट

काठमाण्डौमा हुने यु–१४ खेलकुदका लागि लुम्बिनीबाट ७८ खेलाडी छनोट

images
  • काठमाण्डौमा हुने यु–१४ खेलकुदका लागि लुम्बिनीबाट ७८ खेलाडी छनोट
    images
    images

    बुटवल । काठमाण्डौमा हुने यु-१४ विद्यालय खेलकुद प्रतियोगिताका लागि  लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनौट भएका छन् । बुटवलमा दुई दिनसम्म चलेको प्रतियोगिताबाट विभिन्न विधाका ७८ जना खेलाडी तथा प्रशिक्षकहरु छानिएका हुन् । 

    images
    images
    images

    लुम्बिनी प्रदेशका ४ सय ५० विभिन्न विधाका विद्यार्थी खेलाडीहरुले गरेको प्रतिस्पर्धाका आधारमा विद्यार्थी खेलाडी छनोट भएको नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष  लेखनाथ पौडेलले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा यहि जेठ २२ देखि २६ गतेसम्म काठमाण्डौमा प्रतियोगिता हुनेछ । 
     
    छनौट प्रतियोगितामा चौध वर्ष मुनीका चार सय ५० विद्यार्थीहरुले ब्याटमिन्टन, टेवलटेनिस, बास्केटबल, एथ्लेटिक्स, रग्बी र क्रिकेट विधामा सहभागि थिए । नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनीका उपाध्यक्ष हेम थापाका अनुसार एथलेटिक्सतर्फ छात्र रिले र लङजम्पबाट ११ खेलाडी छनोट भएका छन् । 

    images
    images
    images

    यस्तै छात्र डवल छात्रा सिंगल टेवलटेनिसबाट ७ जना, छात्रछात्रा बास्केटबलबाट ९ जना, रग्वी छात्रछात्राबाट २६ जना, ब्याटमिन्टन छात्रछात्रा सिंगल डवलबाट ७ जना, क्रिकेट छात्रबाट १६ जना तथा टोलीनेता र उपनेता एक÷एक जना गरि ७८ जना छनौटमा परेका हुन् । 

    images
    images
    images

    नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनीकोको संयोजनमा बुटवलमा सम्पन्न छनौट प्रतियोगितामा प्याब्सन नेपाल, एन प्याब्सन र नेपाल शिक्षक महासंघले सहकार्य गरेको कोषाध्यक्ष हेमा बेल्बासेले जानकारी दिइन् ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यु–१४ खेलकुद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।