कृष्ण अन्जान, रुरु । दशैँ सकिएसँगै रुरुक्षेत्र गाउँपालिकाका वडाहरुमा नेपाल कम्युनिस्ट पार्टी एमालेको चहल पहल शुरु भएकाे छ । पार्टी केन्द्रको निर्णय अनुसार नेकपा एमालेले आफ्ना वडा अधिवेशन थालेकाे हाे ।
देशैभरि हुन लागेका वडा अधिवेशनहरु सँगै रुरुक्षेत्रमा पनि नेकपा एमाले ले कार्तिक ४ गते बाट अधिवेशन शुरु गर्ने र कार्तिक ६ गते सम्म सबै वडामा सम्पन्न गर्ने रुरुक्षेत्र गाउँ पालिकाका नेकपा एमाले ईन्चार्ज हिमाल श्रेष्ठले जानकारी दिए ।
पहिलाे चरणमा कार्तिक ४ गते वडा न ४ काे अधिवेशन बलेटक्सारमा ताेकिएकाे छ भने ५ गते रुरुक्षेत्र १ काे वडा अधिवेशन रिडीबजारमा ताेकिएकाे छ भने अन्य वडा हरुमा पनि वडा अधिवेशनकाे तयारी भईरहेकाे एमाले रुरुक्षेत्र ईन्चार्ज श्रेष्ठले बताए ।
यतिवेला स्थानीय तहमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष वडाध्यक्ष र वडा सदस्य गरि २६ जना एमाले छन् भने माओवादि केन्द्रका एक वडाध्यक्ष सहित ३ जना र २ जना नेपाली काँग्रेसका वडा सदस्य रहेका छन भने नेकपा एमालेकाे सुर्य चिन्हबाट लडेर बिजयि रुरुक्षेत्र १ का वडाध्यक्ष रामलाल विक यतिवेला तटस्थ देखिएका छन ।
यसै क्षेत्रबाट प्रदिप कुमार ज्ञवाली सँघिय सँसद तथा छन भने लुम्बिनी प्रदेशका सांसद कमलराज श्रेष्ठ पनि यहि गाउपालिकाका हुन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology