Logo

२०८३, आश्विन ९गते


images
images

दशभाईलाई झड्का, ओली भन्छन् माधव आउँछन् कि भनेर १० बुंदे गरियाथ्यो, अब केको १० बुंदे ?

दशभाईलाई झड्का, ओली भन्छन् माधव आउँछन् कि भनेर १० बुंदे गरियाथ्यो, अब केको १० बुंदे ?

images
  • दशभाईलाई झड्का, ओली भन्छन् माधव आउँछन् कि भनेर १० बुंदे गरियाथ्यो, अब केको १० बुंदे ?
    फाइल फोटो
    images
    images

    काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि एकपटक पार्टीका दोस्रो पुस्ते १० नेताहरूलाई झड्का दिएका छन् । दसबुँदे सहमतिको औचित्य नभएको बताउँदै ओलीले लामो समयसम्म माधव नेपाललाई साथ दिएका पार्टीका नेताहरूलाई झड्का दिएका हुन्  । 

    images
    images
    images

    बुधबार पार्टीको बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा उनले माधवकुमार नेपाल आउँछन् कि पार्टी फुटाउँदैनन् कि भनेर १० बुँदे गरिएको अब त्यसको औचित्य नभएको बताएका हुन्। 

    images
    images
    images

    ‘अब १० बुँदे १० बुँदे ट्यान्ड्याङ, ट्यान्ड्याङ गरिरहन आवश्यक छैन’, ओलीले भने, ‘माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरियाथ्यो अब केको १० बुँदे।’ 

    images
    images
    images

    तत्कालीन एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओलीबीच मतभेद चर्किंदा सहमतिका लागि दुवै समूहका नेता सम्मिलित कार्यदल बनाइएको थियो। र, त्यसले एकताका लागि १० बुँदे सहमति जुटाएको थियो। तर अन्ततः त्यसका सबै बुँदाप्रति आफ्नो सहमति नरहेको भन्दै माधव नेपालले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका हुन्। 

    यसर्थ अब एमालेमा त्यो दसबुँदे सहमतिको कुनै अर्थ नरहेको ओलीले बुधबार बताएका हुन्। 

    उनले सारंगी बजाएजस्तो हात बनाउँदै अब दसबुँदेको गीत गाइरहनु आवश्यक नभएको बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।