Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

ट्रम्प विरुद्ध उत्रिए मस्क, कर र खर्च विधेयकको कडा आलोचना

ट्रम्प विरुद्ध उत्रिए मस्क, कर र खर्च विधेयकको कडा आलोचना

images
  • ट्रम्प विरुद्ध उत्रिए मस्क,  कर र खर्च विधेयकको कडा आलोचना
    images
    images

    काठमाडौँ । अर्बपति एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्च विधेयकको कडा आलोचना गरेका छन् । उनले यसलाई 'घृणित' मात्र भनेका छैनन् संसदमा यस विधेयकमा मतदान गर्ने सांसदहरुलाई पनि निशाना बनाएका छन् ।

    images
    images
    images

    यो कानून केहि दिन अघि अमेरिकी संसदको तल्लो सदनमा पारित भएको थियो । यस कानूनमा धेरै ट्रिलियन डलरको कर छुट, बढेको रक्षा खर्च र अमेरिकी सरकारलाई थप ऋण लिन अनुमति समावेश छ ।

    images
    images
    images

    मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै यसको पक्षमा मतदान गर्ने मानिसहरूलाई लाज लाग्नु पर्ने टिप्पणी गरेका छन् ।

    images
    images
    images

    ट्रम्प प्रशासनको सरकारी दक्षता विभागमा १२९ दिन काम गरेपछि गत हप्ता छोडेका मस्कको अहिले ट्रम्पसँग दूरी बढेको विश्वास गरिएको छ ।

    सरकार छोडेपछि मस्कको पहिलो सार्वजनिक टिप्पणीले उनी ट्रम्प प्रशासनको काम गर्ने शैली र निर्णयबाट खुशी छैनन् भन्ने देखाउछ ।

    मस्कले यो कानुनले पहिले नै ठूलो रहेको अमेरिकी बजेट घाटालाई अझ बढाउने र अमेरिकी नागरिकहरूमा दिगो ऋणको भार थप्ने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।