Logo

२०८३, मंसिर १०गते


images
images

पत्रकार आन्दोलन

पत्रकार महासंघको दोस्रो चरणको आन्दोलन घोषणा, दलका कार्यालयमा धर्ना दिने

पत्रकार महासंघको दोस्रो चरणको आन्दोलन घोषणा, दलका कार्यालयमा धर्ना दिने

images
  • पत्रकार महासंघको दोस्रो चरणको आन्दोलन घोषणा, दलका कार्यालयमा धर्ना दिने
    images

    काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारका अधिकार सुनिश्चित गर्न नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

    images
    images
    images

    सरकारले आफ्ना माग बेवास्ता गरेको भन्दै महासंघले राजनीतिक दलका कार्यालयमा धर्नासहितका कार्यक्रम सार्वजनिक गरेको हो ।

    images
    images

    महासंघले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड, सञ्चारमाध्यमबाट पत्रकार निष्कासन, श्रम अधिकार उल्लङ्घन र प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास भएको आरोप लगाएको छ ।

    images

    घोषित कार्यक्रमअनुसार मंसिर १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी, १४ गते नेपाली कांग्रेस, १५ गते नेकपा एमाले, १६ गते नेपाली कम्युनिस्ट पार्टी, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा बिहान ११ देखि १२ बजेसम्म धर्ना दिइनेछ ।

    त्यस्तै, मंसिर २० गते काठमाडौंको माइतीघरलगायत देशभरका जिल्ला सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गरिने महासंघले जनाएको छ । मागप्रति लिखित ऐक्यबद्धता जनाउने दलको कार्यालयमा भने धर्ना नदिने र माग सम्बोधन नभए तेस्रो चरणको आन्दोलन गर्ने महासंघले जनाएको छ ।

    यसअघि महासंघले देशभर सामुहिक गिरफ्तारी दिएको थियो । महासंघले पहिलो चरणको आन्दोलन देशव्यापी रुपमा सफलतापूर्वक सम्पन्न भएको भन्दै सरकारले आन्दोलनलाई अझै नजरअन्दाज गरिरहेको बताएको छ । 

     

     

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पत्रकार महासंघ
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।