Logo

२०८३, श्रावण ३०गते


images
images

प्रेस चौतारी रुपन्देहीले लगायो पत्रकार महासंघको कार्यालयमा ताला

प्रेस चौतारी रुपन्देहीले लगायो पत्रकार महासंघको कार्यालयमा ताला

images
  • प्रेस चौतारी रुपन्देहीले लगायो पत्रकार महासंघको कार्यालयमा ताला
    images
    images

    रुपन्देही । नयाँ सदस्यता वितरणप्रति असहमति जनाउँदै प्रेस चौतारी रुपन्देहीले पत्रकार महासंघको कार्यालयमा ताला लगाएको छ ।

    images
    images
    images

    पत्रकार महासंघले नयाँ सदस्यको सम्बन्धमा गरेको निर्णयमा असहमति जनाउँदै चौतारीले आइतबार महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।

    images
    images
    images

    महासंघको साउन ६ गते बसेको बैठकले ३० जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको थियो । त्यसमाथि चौतारी लगायत संस्थाहरुले उजुरी दिँदा पनि महासंघ समस्या समाधानमा उदासिन भएकाले तालाबन्दी गर्नुपरेको अध्यक्ष लक्ष्मण पौडेलले बताए ।

    images
    images
    images

    संगठनले उठाएका जायज मागहरु सम्बोधन नभएसम्म तालाबन्दी गरिने अध्यक्ष पौडेलले बताए । साथै प्रेस चौतारीले यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम् पत्रकार महासंघ नै हुनुपर्ने जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।