Logo

२०८३, श्रावण ३०गते


images
images

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा

images
  • पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा
    images
    images

    काठमाडौं ।  विपुल पोखरेलले नेपाल पत्रकार महासंघको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

    images
    images
    images

    समयमा महासंघको महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न असफल पोखरेलले राजीनामासँगै कार्यबाहकको जिम्मेवारी रमेश विष्टलाई दिएका छन् ।

    images
    images
    images

    उनले महासंघको नयाँ कार्यसमितिका लागि दुई पटक मिति तोकेर पनि सम्भव नभएपछि तेस्रो पटकका लागि सरेको स्वीकारेका छन् ।

    images
    images
    images

    ‘दुई पटक तोकिएको समयमा निर्वाचन हुन नसकेर तेस्रो पटक मिति तोकिएको छ । यो मितिमा निर्वाचन गराउन आफूले पहलकदमी लिइरहेको भए पनि मिति तोकिएको झण्डै एक हप्तासम्म कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवाद समाधान गरी त्यसमा स्वीकार्यता स्थापित गरी प्रक्रियागत रुपमा अगाडि बढ्न बोलाइएको उपलब्ध पदाधिकारी र सदस्यहरूको बैठक चल्दै गर्दा बीचबाट केही साथी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमै हस्ताक्षर नगर्नु तथा सिंगो बैठकले सदस्यताको सूचीप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्वस्वीकार्यता हुने महसुस गरेन’, उनले भनेका छन् ।

    उनले महासंघको नयाँ नेतृत्वको चुनाव गर्न नसकेको जिम्मेवारी पनि लिएका छन् । ‘यी सबै अवस्था आउनुमा मेरो कमजोरीलाई स्वीकार गर्दै सबै कुराको नैतिक जिम्मावारीसमेत बहन गर्दछु’, उनले भनेका छन्, ‘मेरो मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्था समेत सहज रुपमा काम गर्न सक्ने अवस्थामा छैन ।’

    यस्तो छ पोखरेलको विज्ञप्ति :

    श्री वरिष्ठ उपाध्यक्ष रमेश बिष्टज्यु
    नेपाल पत्रकार महासंघ

    विषय : राजीनामा सम्बन्धमा ।

    नेपाल पत्रकार महासंघको विधानको व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न गरी निर्वाचन प्रक्रिया प्रारम्भ गरेको अवस्थामा विभिन्न कारणले निर्वाचन हुन नसकेको अवस्था रहेको छ ।

    दुई पटक तोकिएको समयमा निर्वाचन हुन नसकेर तेस्रो पटक मिति तोकिएको छ । यो मितिमा निर्वाचन गराउनका लागि आफूले पहलकदमी लिइरहेको भएता पनि मिति तोकिएको झण्डै एक हप्तासम्म कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवाद समाधान गरी त्यसमा स्वीकार्यता स्थापित गरी प्रक्रियागत रुपमा अगाडि बढ्नका लागि बोलाइएको उपलब्ध पदाधिकारी र सदस्यहरुको बैठक चल्दै गर्दा बीचबाट केही साथी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमै हस्ताक्षर नजनाउनु तथा सिंगो बैठकले सदस्यताको सूचीप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्वस्वीकार्यता हुने महसुस गरेन ।

    बाह्य सरोकारवाला पक्षहरुले समेत सदस्यतासूची आफूलाई देखाएरमात्र अघि बढ्नु पर्ने अपेक्षा अझै पनि कायम राखिराख्दा झनै मन खिन्न हुन गएको छ । यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन ।

    यी सबै अवस्था आउनुमा मेरो कमजोरीलाई स्वीकार गर्दै सबै कुराको नैतिक जिम्मावारीसमेत बहन गर्दछु । मेरो मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्था समेत सहज रुपमा काम गर्न सक्ने अवस्थामा छैन ।

    तसर्थ विधानले प्रदान गरेको अध्यक्षको सम्पूर्ण (आर्थिक समेत) जिम्मेवारी बहन गर्ने गरी कार्यबाहक अध्यक्षका रुपमा जिम्मेवारी दिँदै आजैका मितिदेखि लागु हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएको छु । यो बीचमा यहाँ र सिंगो कार्यसमिति, सल्लाहकार तथा महासंघका सम्पूर्ण संरचना र सदस्यहरुले गरेको सहयोगका लागि जीवनभर आभारी रहने छु ।

    साथै महासंघको हरेक गतिविधिलाई आवश्यकताअनुसार मेरो साथ, समर्थन र सहयोग रहने विश्वास पनि दिलाउन चाहन्छु ।

    विपुल पोखरेल
    अध्यक्ष
    नेपाल पत्रकार महासंघ
    केन्द्रीय समिति
    मिति : २०८१ भदौ २४

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।