काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा ५ सयले बढेर तोलाको एक लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलवार सुन तोलाको एक लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले बढेर २०७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology