काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १५ सयले घटेर दुई लाख ७० हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार ७ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि गत शुक्रबार चाँदी ३७०० रुपैयाँमा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology