Logo

२०८३, कार्तिक ३०गते


images
images

रोनाल्डोको सम्मानमा पोर्चुगलले बदल्यो ७ नम्बरको जर्सीको डिजाइन

रोनाल्डोको सम्मानमा पोर्चुगलले बदल्यो ७ नम्बरको जर्सीको डिजाइन

images
  • रोनाल्डोको सम्मानमा पोर्चुगलले बदल्यो ७ नम्बरको जर्सीको डिजाइन
    images

    काठमाडौं । पोर्चुगलले आफ्ना महान् फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको सम्मानमा राष्ट्रिय टोलीको ७ नम्बर जर्सीको डिजाइन परिवर्तन गरेको छ ।

    images
    images
    images

    रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपछि पोर्चुगलले उनको ऐतिहासिक जर्सी नम्बरलाई सधैँका लागि विशेष बनाउने उद्देश्यले नयाँ डिजाइन सार्वजनिक गरेको हो ।

    images
    images
    images

    पोर्चुगल फुटबल सङ्घले ७ नम्बरको बीचमा तेर्सो धर्सा थपेर नयाँ डिजाइन तयार पारेको छ । यसअघि रोनाल्डोले आफ्नो नाममा चिनिएको ७ नम्बर लेख्दा प्रयोग गर्ने शैलीसँग मिल्ने गरी नयाँ डिजाइन बनाइएको हो । सङ्घले सामाजिक सञ्जालमा ‘नयाँ ७ को सुरुवात, किनकि एउटा ७ सधैँ अमर रहनेछ’ भन्ने सन्देशसहित नयाँ डिजाइन सार्वजनिक गरेको छ ।

    images
    images

    रोनाल्डोको सन्न्यासपछि डेनमार्कविरुद्धको खेलमा पोर्चुगलले उनलाई विशेष सम्मानसमेत गरेको थियो । जर्सी नम्बर ७ लाई औपचारिक रूपमा हटाउनुको सट्टा नयाँ स्वरूप दिएर पोर्चुगलले आफ्नो फुटबल इतिहासमा रोनाल्डोको योगदान र विरासतलाई स्थायी रूपमा जोड्ने प्रयास गरेको छ ।

    ४१ वर्षीय रोनाल्डोले नोभेम्बर ५ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट सन्न्यास घोषणा गरेका थिए । उनले २३ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा २३४ खेल खेल्दै कीर्तिमानी १४६ गोल गरेका छन् । उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

    रोनाल्डोले सन् २०१६ मा पोर्चुगललाई पहिलो पटक युरोपेली च्याम्पियनसिपको उपाधि दिलाएका थिए । त्यस्तै, उनले सन् २०१९ र २०२५ मा युईएफए नेसन्स लिगको उपाधिसमेत जितेका थिए। उनको अन्तिम अन्तर्राष्ट्रिय खेल सन् २०२६ सेप्टेम्बर २४ मा वेल्सविरुद्ध भएको थियो, जसमा पोर्चुगल १–० ले विजयी भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोर्चुगल
  • # रोनाल्डो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।