Logo

२०८३, आश्विन १०गते


images
images

चौथो मेयर कप

चौथो मेयर कपको उपाधि वडा नं ७ लाई

चौथो मेयर कपको उपाधि वडा नं ७ लाई

images
  • चौथो मेयर कपको उपाधि वडा नं ७ लाई
    images
    images

    देवदह । देवदहमा सम्पन्न मेयर कप अन्तर वडा स्तरिय पुरुष फुटवल प्रतियोगिताको उपाधि वडा नं ७ ले हात पारेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर ५ लाई ट्राईवेकरमा पराजित गर्दै वडा नम्बर ७ ले उपाधी हात पारेको हो ।

    images
    images
    images

    निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि नतिजा ट्राइबेकरबाट निकालिएको हो ।  ट्राइबेकरमा वडा नम्बर ५ लाई ७ का विरुद्ध ८ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ७  बिजेता बनेको हो । 

    images
    images
    images

    चौथो संस्करणको बिजेता वडा नं ७ ले नगद ५१ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी उपविजेता वडा नं ५ ले नगद ३१ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।

    images
    images
    images

    प्रतियोगितामा सर्वोकृष्ट खेलाडी वडा नम्बर ५ का मनोज गुरुङ, उत्कृष्ट गोल रक्षक वडा नम्बर ७ का सौगात परियार, सर्वाधिक गोलकर्ता वडा नम्बर ११ का अर्जुन गुरुङ (३ गोल), बेस्ट डिफेन्स वडा नम्बर ७ का बिष्णु प्रसाद विक, म्यान अफ द म्याच वडा नम्बर ७ का प्रदिप राना र उत्कृष्ट मिड फिल्डर वडा नम्बर ५ का सन्तोष परियारले प्राप्त गरेको नगर खेलकुद विकास समितिका सदस्य देव थापाले जानकारी दिए ।

    कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले खेलकुदले सकारात्मक उर्जा प्रदान गर्ने भएकाले त्यसतर्फ लाग्न युवाहरुलाई आग्रह गरे । प्रमुख खरेलले खेलकुदलाई नियमित गर्न नगरपालिकाले विशेष ध्यान दिएको बताए ।

    कार्यक्रममा नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौड्याल, शिक्षा शाखा प्रमुख लोकराज पन्थी, नगर प्रबक्ता गणेश डुम्रे, विभिन्न वडाका अध्यक्षहरु, खेलकुद समितिका पदाधिकारी लगाएतको उपस्थिती रहेको थियो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चौथो मेयर कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।