Logo

२०८३, आश्विन १२गते


images
images

सत्ताको राप र तापमा मुलुक र जनतालाई घाटा हुने काम गर्नुहुँदैन : सांसद भण्डारी

सत्ताको राप र तापमा मुलुक र जनतालाई घाटा हुने काम गर्नुहुँदैन : सांसद भण्डारी

images
  • सत्ताको राप र तापमा मुलुक र जनतालाई घाटा हुने काम गर्नुहुँदैन : सांसद भण्डारी
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले सत्ताको राप र तापमा नेताहरुले मुलुकलाई र जनतालाई घाटा हुने काम गर्न नहुने बताएका छन् । 

    images
    images
    images

    संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नीतिगत भएपनि वा नभएपनि कसैले पनि जनता र देशको हित विपरित काम गर्न नहुने बताए । मन्त्रीपरिषद्को निर्णयमा जे पनि गर्न नपाइने बताउँदै उनले जनता र देशको हित विपरित काम गर्नेहरु सबैलाई कारबाही गर्नुपर्ने धारणा व्यक्त गरे । 

    images
    images
    images

    उनले भने, ‘नेताहरुले सत्ताको राप र तापमा मुलुकलाई र जनतालाई घाटा हुने काम कसैले गर्नु हुँदैन । अब माधव नेपालजी पर्नुभयो । यो तरिकाले त धेरै मानिसले गल्ती गरेका छन् । नीतिगत होस् वा बाहिर रहेर होस् । मन्त्रीपरिषद्को निर्णयमा जे पनि गर्न पाइन्छ ? मुलुक र जनतालाई घाटा लाग्ने काम गर्न पाइन्छ ? व्यक्ति त आउँदै जाँदै गर्छ । मुलुक त रही रहन्छ । कारबाही सबैलाई हुनुपर्छ । मुलुकलाई घाटा हुने काम गर्ने सबैलाई कारबाही हुनुपर्छ ।’

    images
    images
    images

    सांसद भण्डारीले नेपालका कुनैपनि नेताहरुले संवैधानिक निकायमा आफ्ना व्यक्ति खोज्ने काम गर्न नहुने समेत बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सांसद भण्डारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।