Logo

२०८३, आश्विन १२गते


images
images

भ्रष्टाचारीविरुद्ध सबै एक भएर लड्नुको विकल्प छैन : सांसद भण्डारी

भ्रष्टाचारीविरुद्ध सबै एक भएर लड्नुको विकल्प छैन : सांसद भण्डारी

images
  • भ्रष्टाचारीविरुद्ध सबै एक भएर लड्नुको विकल्प छैन : सांसद भण्डारी
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले अनियमितता गर्नेहरुको बिरुद्धमा सबै एक भएर लड्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो सुन तस्करीबारे पहिला प्रहरी प्रशासन, राज्यका निकायहरुलाई छानबिन गर्न दिनुपर्ने बताए । उनले राज्यका निकायले निष्पक्ष छानबिन गर्न नसके र निचोडमा पुग्न नसके मात्रै उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न उपयुक्त हुने बताउनु भयो । उहाँले अनियमितता गर्नेहरुले नेपाललाई नांगो बनाइरहेको भन्दै सबै एक भएर त्यसबिरुद्ध लड्नुपर्ने बताए ।

    images
    images
    images

    उनले भने, ‘उच्चस्तरीय छानबिन समिति बनाउनु हुँदैन भन्ने होइन । बनाएपनि हुन्छ । तर, राज्यको निकाय छ । पुलिस छ । राजश्व छ । उनीहरुले गर्ने कुरा एक छिन हेरौं । उनीहरु टार्गेटमा पुग्न सकेनन् । माफियाको घरसम्म पुग्न सकेनन् भने उच्च स्तरीय छानबिन कमिटी बनाएर पनि छानबिन गर्नुपर्छ । त्यसलाई गर्नुहुँदैन भन्ने कुरामा हामी जान हुन्न । जसरी हुन्छ–यो माफियाहरुलाई, नेपाली युवाहरु, जसलाई विदेश जान बाध्य बनाईराखेका छन् । नेपाललाई नांगो बनाईरहेका छन् । त्यसको बिरुद्धमा न काँग्रेस, न कम्युनिष्ट हामी सिंगो नेपाली भएर लड्नुपर्छ । यत्ति कुरा हो । त्यो भन्दा हामीसँग अरु विकल्प छैन ।’

    images
    images
    images

    सांसद भण्डारीले भ्रष्टाचारीहरुको बिरुद्धमा सबै एक भएर लड्नुको विकल्प नरहेको जिकिर गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सांसद भण्डारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।