दीपक जैसवाल, लुम्बिनी । नेकपा एमालेको वडाअधिवेशन अन्तर्गत रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिवार पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच पुर्व प्रधानमन्त्री पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडाअधिवेशनको उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन सुरु भएको थियो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वाड नं. ६ मा
१९ वर्ष कि झरना चौधरी नेकपा एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका पार्टीको वडा सचिव बन्न सफल भएकी छन् ।
जसअन्तर्गत लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेका ५ वटै वडामा वडाअधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको नेकपा एमाले केन्द्रिय सदस्य राष्ट्रिय सभा सांसद खिमलाल भट्टराई ले जानकारी दिए । लुम्बिनी सांस्कृतिक नगरपालिकाभित्र रहेका जिल्ला, प्रदेश र केन्द्रिय नेतृत्वको सहभागितामा सबै वडामा उत्साहजनक रुपमा अधिवेशन सम्पन्न भएको भट्टराईको भनाई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology