Logo

२०८३, श्रावण ३०गते


images
images

संसदको सकस

संसदको अवरोध खुलाउने प्रयास जारी, विपक्षी दल छलफलमा

संसदको अवरोध खुलाउने प्रयास जारी, विपक्षी दल छलफलमा

images
  • संसदको अवरोध खुलाउने प्रयास जारी, विपक्षी दल छलफलमा
    images
    images

    काठमाडौं । जेठ १३ गतेदेखि जारी संसदको अवरोध खुलाउने प्रयास जारी रहेको छ । बुधवार बिहान विपक्षी दलहरुले साझा धारणा बनाउन भन्दै छलफल शुरु गरेका छन् । संसद् भवन नयाँ बानेश्वरमा अहिले विपक्षी दलहरुको बैठक बसिरहेको छ ।

    images
    images
    images

    बैठकमा रास्वपाले भिजिट भिसा बारे अगाडी सारेको पाँच बुँदे प्रस्तावमा छलफल हुने बताइएको छ । 

    images
    images
    images

    रास्वपाले सोमवार भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी सरकारले पूर्ण सहयोग र सहजीकरण गर्ने, अख्तियारको क्षेत्रमाथि अतिक्रमण नगरेर भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न पाँच दिन भित्र उच्चस्तरीय छानबिन आयोग गठन गर्ने, समितिको कार्य क्षेत्र कार्यसम्पादन समिति गठन गर्ने, नैतिक हिसाबले गृहमन्त्री रमेश लेखकले राजीनामा दिने लगयतका प्रस्ताव अगाडी सारेको थियो ।

    images
    images
    images

    विपक्षी दलहरुको छलफलपछि सत्ता पक्षसँग संसदको अवरोध खुलाउने विषयमा वार्ता हुने बताइएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी यस अघिको अडानबाट पछि हटेपनि रास्वपा आफ्नो अडानमा कायम रहेकाले आजको संसद बैठक पनि सहज रुपमा सुचारु हुनेमा अन्योलता नै रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ससंद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।