Logo

२०८३, आश्विन १०गते


images
images

बजेट

आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र विश्वसनीय : अर्थमन्त्री पौडेल

आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र विश्वसनीय : अर्थमन्त्री पौडेल

images
  • आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र विश्वसनीय : अर्थमन्त्री पौडेल
    images
    images

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयन योग्य र विश्वसनीय रहेको दाबी गरेका छन् । सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् ।

    images
    images
    images

    अर्थमन्त्री पौडेलले बजेट निर्माण सार्वभौम मान्यताका आधारमा गरिएको उल्लेख गर्दै चालु आर्थिक वर्षको तुलनामा बजेट आकार केवल ५ दशमलव ५६ प्रतिशतले मात्र वृद्धि गरिएको जानकारी दिए । उनले बजेटको आकार, बजेटको स्रोत, राजश्व परिचालन र अन्तर्राष्ट्रिय सहयोग परिचालन सबै यथार्थपरक रहेको बताए । 

    images
    images
    images

    पौडेलले पछिल्लो दिनहरूमा ऋणको पासो, ऋणको आकार बढेको र ऋण लिने सम्बन्धमा होशियार हुनुपर्ने चर्चा र टिप्पणी हुने गरेको बताउँदै आफू त्यो विषयसँग जानकार रहेको जिकिर गरे । उनले ऋणको लागि ऋ

    images
    images
    images

     लिने नभई प्रतिफल सुनिश्चित हुने गरी खर्च गर्ने गरी मात्रै ऋण लिनुपर्छ भन्नेमा सरकार सचेत रहेको दाबी गरे ।  
    उनले भने, ‘यो बजेट यथार्थपरक हुनुपर्छ, कार्यान्वयन योग्य हुनुपर्छ, विश्वसनीय हुनुपर्छ, बजेट निर्माणका जुन सार्वभौम मान्यताहरू छन्, ती मान्यताहरूको परीक्षणमा खरो उत्रिने प्रकारको बजेट हुनुपर्छ भन्ने मान्यताद्वारा निर्देशित हुने क्रममा चालु आर्थिक वर्षको तुलनामा मैले केबल ५ दशमलव ५६ प्रतिशतले मात्रै आकार वृद्धि गरेको छु । त्यस कारण म निवेदन गर्न चाहन्छु, बजेटको आकार यथार्थपरक छ र बजेटको स्रोतको सम्बन्धमा चाहे त्यो राजश्व परिचालनको प्रश्न होस्, चाहे त्यो अन्तर्राष्ट्रिय सहयोग परिचालनको प्रश्न होस् यी सबै यथार्थपरक छन् ।’

    मन्त्री पौडेलले सरकार ऋणप्रति सजग रहेको समेत दोहो¥याए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।