Logo

२०८३, आश्विन १०गते


images
images

त्रिकोणात्मक टी-२० सिरिज

किरण र रुपेशको अन्तर्राष्ट्रिय टी-२० मा डेभ्यु

किरण र रुपेशको अन्तर्राष्ट्रिय टी-२० मा डेभ्यु

images
  • किरण र रुपेशको अन्तर्राष्ट्रिय टी-२० मा डेभ्यु
    images
    images

    काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय टी-२० मा किरण ठगुन्ना र रुपेश सिंहले डेभ्यु गरेका छन् । 

    images
    images
    images

    आज नेदरल्याण्डसविरुद्धको टी-२० खेलमा किरण र रुपेशले टी-२० डेभ्यु गरेका हुन् ।  घरेलु पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेका किरण र रुपेशले नेपालको राष्ट्रिय टिममा अवसर पाएका छन् ।  

    images
    images
    images

    किरण र रुपेशलाई नेपाली सिनियर खेलाडी करण केसीले डेभ्यु क्याप दिएका थिए । योसँगै नेपालबाट अन्तर्राष्ट्रिय टी-२० खेल खेल्ने किरण ५०औं र रुपेश ५१औं खेलाडी बनेका छन् ।

    images
    images
    images

    यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै नेदरल्याण्डसले पहिला ब्याटिंग गर्ने भएको छ ।

    आजको खेलमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, अनिल शाह, नन्दन यादव, ललित राजबंशी, करण केसी, रुपेश सिंह, लोकेस बम, सन्दीप लामिछाने र किरणकुमार ठगुन्ना खेलिरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।