काठमाडौँ । बंगलादेशले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट शुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिंग गरिरहेको बंगलादेशले पहिलो दिनको खेल सकिदा ३ विकेट गुमाउदै २९२ रन बनाएको छ ।
बंगलादेशका लागि कप्तान नजमुल होसैन शान्तो १३६ रन बनाएर खेलिरहेका छन् भने मुशिफिकुर रहिम १०५ रन बनाएर खेलिरहेका छन् । यस अघि मोमिनुल हकले २९ र षडमान इस्लामले १४ रन बनाएर आउट भएका थिए । त्यस्तै अनामुल हक शुन्यमा आउट भएका थिए ।
त्यस्तै श्रीलंकाका बलर थारिन्दु रत्नायकेले २ तथा असिथा फेर्नान्डोले एक विकेट लिएका थिए ।
श्रीलंका टूरमा रहेको बंगलादेशले यस टूरमा २ खेलको टेस्ट सिरिज. ३ खेलको एकदिवसीय सिरिज र २ खेलको टी-२० सिरिज खेल्ने तालिका रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology