Logo

२०८३, श्रावण ३०गते


images
images

संसद

सरकार र सभामुखबाट बलजफ्ती संसद चलाइयो : नारायणकाजी श्रेष्ठ

सरकार र सभामुखबाट बलजफ्ती संसद चलाइयो : नारायणकाजी श्रेष्ठ

images
  • सरकार र सभामुखबाट बलजफ्ती संसद चलाइयो : नारायणकाजी श्रेष्ठ
    images
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्नुपर्ने बताएका छन् । 

    images
    images
    images

    उपाध्यक्ष श्रेष्ठले सरकार र सभामुखबाट रास्वपा लगायत केही पार्टीका सांसदहरुकोअवरोधका बावजूद प्रतिनिधिसभाको बैठक बलजफ्ती सञ्चालन गर्ने कोशिश भइरहेको उल्लेख गर्दै सबैको सहमतिमा सदन संचालन हुनुपर्ने बताएका हुन् । 

    images
    images
    images

    साथै उनले सदन सुचारु गरेर संघीय निजामती ऐन र विद्यालय शिक्षा ऐन लाई प्रतिनिधिसभाबाट छिटो भन्दा छिटो अघि बढाउन समेत अनुरोध गरेका छन् । उनले भने, ‘सरकार र सभामुखज्यूबाट रास्वपा लगायत केही पार्टीका सांसदहरुको अवरोधका बावजूद प्रतिनिधिसभाको बैठक बलजफ्ती सञ्चालन गर्ने कोशिश भइरहेको छ । यद्यपी अहिलेसम्म पनि सदन सुचारु हुन सकेको छैन ।सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न म सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।’ 

    images
    images
    images

    श्रेष्ठले सदन सुचारु गरेर संघीय निजामती ऐन र विद्यालय शिक्षा ऐन लाई प्रतिनिधिसभाबाट छिटो भन्दा छिटो अघि बढाउन अनुरोध समेत गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ससंद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।