Logo

२०८३, आश्विन ९गते


images
images

पुर्वमाओवादीहरू विचको एकता नै अहिलेको आवश्यकता हो : मुख्यमन्त्री केसी 

पुर्वमाओवादीहरू विचको एकता नै अहिलेको आवश्यकता हो : मुख्यमन्त्री केसी 

images
  • पुर्वमाओवादीहरू विचको एकता नै अहिलेको आवश्यकता हो : मुख्यमन्त्री केसी 
    images
    images

    बुटवल ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं माओवादी केन्द्र लुम्बिनी प्रदेशका सह–इन्चार्ज कुलप्रसाद केसीले पुर्व माओवादीहरू विचको एकता नै अहिलेको आवश्यकता भएको बताएका छन् । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सह इन्चार्ज समेत रहेका मुख्यमन्त्री केसीले माओवादी केन्द्र रुपन्देहीले आयोजना गरेको राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै माओवादी घटक विचको एकता जरुरी रहेको बताएका हुन् ।

    images
    images
    images


    नेपालको परिवर्तन माओवादी जनयुद्धकै जगमा भएको बताउँदै केसीले प्राप्त उपलब्धीहरुलाई रक्षा गर्नका लागि  माओवादी आन्दोलनलाई एकीकृत गर्दै अगाडि बढ्नुपर्ने जोड दिए । 

    images
    images
    images

    उनले भने –“जनयुद्धको जग र १९ दिने जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनले परिवर्तन आएको हो, परिवर्तनकारी शक्तिविचको एकता अहिले पनि अपरिहार्य छ । 

    images
    images
    images

    साथै उनले पार्टीको नेतृत्वमा सरकार रहेकोले पार्टीको दृष्टिकोण र विचारका आधारसँगै गठबन्धनको समर्थनमा नै आफ्नो नेतृत्वमा सरकार  चलिरहेको उल्लेख गरे । माओवादी आन्दोनलाई विकास गर्नका लागि हालको माओवादी केन्द्रको नेतृत्वले अझै मेहनत गर्नुपर्ने बताउँदै उनले पार्टी महाधिवेशनबाट विचार र नेतृत्वको प्रश्नलाई संश्लेषण गर्नुपर्ने बताए । 


    प्रशिक्षण कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सह- इन्चार्ज हकिकुल्ला खान, प्रदेश योजना आयोगका उपाध्यक्ष समेत रहेका पार्टी केन्द्रिय सदस्य वामदेव क्षेत्री, पार्टी सचिव शर्मा अपार, प्रदेश सांसदहरू सुदर्शन बराल, दिपा विक लगायतका नेताहरूको उपस्थिति रहेको थियो  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।