Logo

२०८३, श्रावण ३०गते


images
images

चर्चित गायक प्रकाश सपूत सोमबार सुनवल आउँदै

चर्चित गायक प्रकाश सपूत सोमबार सुनवल आउँदै

images
  • चर्चित गायक प्रकाश सपूत सोमबार सुनवल आउँदै
    images
    images

    रेशम अधिकारी अशोक, सुनवल । लगनशील, प्रगति र अनुशासन नै  हाम्रो  प्रतिबद्धता’  भन्ने मूल नाराका साथ समाजमा रहेको कला संस्कृति, भेषभुसाहरुलाई संरक्षण र स्थानीय प्रतिभाहरूलाई अवसर प्रदान गर्ने  उद्देश्यले चारपाला युवा क्लबद्वारा आयोजना गर्न  लागिएको सांगीतिक उत्सव २०७८ मा  कार्तिक  १५ गते चर्चित गायक प्रकाश सपूत आउने भएका छन ।

    images
    images
    images

    गलबन्दी च्यातियो, बोल माया, लैबालै फररर, मेरो पनि हैन र यो देश, नौरङ्गी सपथ जस्ता थुप्रै चर्चित लोक तथा दोहोरी गीतहरूबाट चर्चाको शिखर चुमेका गायक प्रकाश सपूत सांगीतिक उत्सवमा  आउने आयोजकले जानकारी दिएको छ ।

    images
    images
    images

    कार्यक्रममा सपूत सँगै द भोइस अफ नेपाल ३ कि उपविजेता तारा श्रीस, गायक डोलराज बार्‍हघरे, विष्णु श्रीपाली, मेख सारुँ, कमल बि सी त्यस्तै गायक तथा डान्सर किशोर थापा लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ ।

    images
    images
    images

    साथै कार्यक्रममा डिजे अतुलको प्रस्तुति सँगै सोरठी नाच र छमछमि कला केन्द्र प्रस्तुति रहने छ ।

    उक्त सांगीतिक उत्सव कार्यक्रम नारायण बिपीले सञ्चालन गर्ने छन् । कार्यक्रममा सम्पूर्ण वार्डवासी, संस्कृतिप्रेमी तथा समस्त नेपाली आमाबुवा, दाजुभाइ एवम् दिदीबहिनीहरूलाई उपस्थितिको लागि आह्वान गरेको चारपाला युवा क्लब परिवारले जनाएको छ ।

    कार्यक्रममा सुनवलका स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती समेत रहनेछ ।

    FB_IMG_1635084916111 (1).jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।