Logo

२०८३, आश्विन १०गते


images
images

स्कटल्याण्डले नेपाललाइ दियो १९४ रनको लक्ष्य

स्कटल्याण्डले नेपाललाइ दियो १९४ रनको लक्ष्य

images
  • स्कटल्याण्डले नेपाललाइ दियो १९४ रनको लक्ष्य
    images
    images

    काठमाडौं । जर्ज मन्सेको आक्रामक अर्धशतकमा  त्रिदेशीय टी-२०आई शृंखलाको अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई बलियो लक्ष्य दिएको छ ।

    images
    images
    images

    टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाउँदै नेपाललाई १९४ रनको लक्ष्य दिएको हो ।

    images
    images
    images

    ओपनर जर्ज मन्सेले ३९ बलमा ५ चौका र ६ छक्काको मद्दतले ७८ रन बनाए । त्यस्तै ब्रान्डन म्याकमुलेनले ४२ रन बनाए । माइकल लिस्क २६ रनमा अविजित रहे ।

    images
    images
    images

    नेपालका कुशल भुर्तेलले २ ओभरमा २० रन दिएर २ विकेट लिए । सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले १-१ विकेट लिए ।

    यस शृंखलामा हालसम्म नेपालले २ खेल जित्दा स्कटल्याण्डले एक खेल मात्र जितेको छ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएपछि स्कटल्याण्ड नेपालसँग र नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।
    नेपालले भने ठीक विपरित पहिलो खेलमा हार बेहोरेपछि दुई जित निकालेको छ । नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको नेपालले स्कटल्याण्डलाई हराउँदा बिहीबार नेदरल्याण्ड्सलाई हराएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।