देवदह । नेपाल राष्ट्रिय शिक्षक संगठन, देवदहले शोक कार्यक्रममा औपचारिक आसन र लामो भाषण नगर्ने निर्णय गरेको छ ।
शनिवार बसेको संगठनको पहिलो बैठकले नयाँ कार्ययोजनासहित महत्वपूर्ण निर्णय गरेको जनाइएको छ ।
संगठनका अध्यक्ष यज्ञ प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न पद तथा तहमा निर्वाचित भएका संगठनका सदस्यहरुलाई बधाई दिएको सचिव गणेश सापकोटाले जनाकारी दिए ।
बैठकले हुम प्रसाद पाठकलाई सल्लाहकार सदस्यमा थप गर्दै सचिवालय सदस्यमा होमनाथ शर्मा, चिरञ्जीवी रेग्मी र रीता पाण्डे रहने निर्णय गरेको जनाइएको छ ।
बैठकमा संगठनका रुपन्देही जिल्ला कोषाध्यक्ष खेमानन्द ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology