Logo

२०८३, आश्विन ११गते


images
images

नवलपरासी प्रहरीद्वारा ९ लाख बढीको अबैध सामान नियन्त्रण 

नवलपरासी प्रहरीद्वारा ९ लाख बढीको अबैध सामान नियन्त्रण 

images
  • सेतोमसी सहकर्मी
  • नवलपरासी प्रहरीद्वारा ९ लाख बढीको अबैध सामान नियन्त्रण 
    images
    images

    सहबान अन्सारी, नवलपरासी । नवलपरासीमा ९ लाख ९७ हजार मुल्य बराबरको अवैध मालसामान  प्रहरीले नियन्त्रणमा लिएको छ । आईतवार रामग्राम नगरपालिका वडा नं. १२ सेतोपुल स्थित  भारतबाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको अन्दाजी ४ लाख ४ हजार ३ सय ४० मुल्य बराबरको बिभिन्न किसिमका कपडा, झालर, हुक्का फेलेवर लगायतका मालसामान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले  नियन्त्रणमा लिएको हो ।

    images
    images
    images


    त्यस्तै बर्दघाट नगरपालिका वडा नं.४ टि.सि.एन चोकमा चेकजाँचको क्रममा अन्दाजी २ लाख ८४ हजार ६ सय मुल्य बराबरको टिसर्ट, हुट, लेगिज, टप्स, हाईनेक, टाउजर लगायतका बिभिन्न किसिमका कपडा बिभिन्न गाडीहरुमा वेवारिसे अवस्थामा फेला परेको हो । 

    images
    images
    images


    साथै बर्दघाट स्थित राधाकृष्ण मन्दिर स्थितमा भारतबाट अवैध रुपमा ल्याइ लुकाइ छिपाई राखेको १ लाख २५ हजार मुल्य बराबरको ५० बोरामा २५०० के.जी. चिनी  ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

     

    त्यसैगरी सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुर स्थित भारतबाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको अन्दाजी १ लाख ८३ हजार ९ सय मुल्य बराबरको साडि, सल, कुर्ता, सुरुवाल लगायतका बिभिन्न किसिमका कपडा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।


    उक्त सामान मोटर साईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेका थिए । 


    नियन्त्रणमा लिएको सम्पुर्ण मालसामानहरु आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।