Logo

२०८३, आश्विन १०गते


images
images

राहुल र पन्तको शतकमा भारतले इङल्याण्डलाई दियो ३७१ रनको लक्ष्य

राहुल र पन्तको शतकमा भारतले इङल्याण्डलाई दियो ३७१ रनको लक्ष्य

images
  • राहुल र पन्तको शतकमा भारतले इङल्याण्डलाई दियो ३७१ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । भारतले जारी टेस्टमा इङल्याण्डलाई ३७१ रनको लक्ष्य दिएको छ । टेस्टको दोस्रो इनिंगमा भारत ३६४ रनमा अल आउट भएपछि पहिलो इनिंगमा ६ रनको बढ्तसहित ३७० रनको अग्रता लिएको थियो ।

    images
    images
    images

    भारतका लागि दोस्रो इनिंगमा केएल राहुलले १३७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै ऋषव पन्तले दोस्रो इनिंगमा पनि शतक प्रहार गर्दै ११८ रन बनाएका थिए । उनले पहिलो इनिंगमा १३४ रन बनाएका थिए ।

    images
    images
    images

    चौथो दिनको खेल सकिदा इङल्याण्डले कुनै विकेट नगुमाएर २१ रन बनाएको छ । अब टेस्टको अन्तिम दिन आज इङल्याण्डले जितका लागि ३५० रन बनाउनु पर्ने छ भने भारतले १० विकेट लिनुपर्ने छ ।

    images
    images
    images

    यस अघि पहिलो इनिंगमा भारतले ४७१ रन बनाएको थियो भने इङल्याण्डले ४६५ रन बनाएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।