Logo

२०८३, आश्विन १०गते


images
images

लुका मोड्रीच एसी मिलानमा अनुबन्ध हुदै

लुका मोड्रीच एसी मिलानमा अनुबन्ध हुदै

images
  • लुका मोड्रीच एसी मिलानमा अनुबन्ध हुदै
    images
    images

    काठमाडौँ । लुका मोड्रीच इटालियन क्लब एसी मिलानबाट खेल्ने निश्चित भएको छ ।

    images
    images
    images

    हाल रियल म्याड्रिडबाट फिफा क्लब विश्वकप खेलिरहेका मोड्रीच एसी मिलानमा अनुबन्ध हुने निश्चित भएको हो ।

    images
    images
    images

    फिफा क्लब विश्वकपपछि मोड्रीच एसी मिलानमा अनुबन्ध हुने भएका हुन् । एसी मिलान र मोड्रीचबीच भएको सहमति अनुसार उनले जुलाईमा मेडिकल गरेर औपचारिक सम्झौता गर्ने भएका छन् ।

    images
    images
    images

    मोड्रीचले यसअघि नै रियल म्याड्रिडका फ्यानलाई एक सन्देश जारी गर्दै यस सिजनको अन्त्यसँगै क्लब छोड्ने घोषणा गरेका थिए । २०१२ देखि रियल म्याड्रिडमा खेलेका ३९ बर्षिय मोड्रीचले रियल म्याड्रिडका लागि कुल ५९३ खेल खेलेका मोड्रीचले ४३ गोल गरेका छन् ।

    मोड्रीचले रियल म्याड्रिडसँग ६ च्याम्पियन्स लिग उपाधि, ४ ला लिगा उपाधि जितेका छन् । रियल म्याड्रिडमा मोड्रीचले  २८ उपाधि जितेका छन् । उनले २०१८ मा बेलुन डो अर उपाधि जितेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुका मोड्रीच
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।